जेठ ३० गते,
चन्द्रश्वर बस्ताकोटी : निर्वाचन आयोगले आगामी आसार मसान्तलाई अव हुने सबिधान सभाको निर्वाचनका लागि कटअफ डेट (मतदाता नामावलीमा नाम समावेश हुन १८ वर्ष पुग्ने दिन) तोकेको छ ।
आगामी सबिधान सभामा १८ बर्ष उमेर पुराभएको हुनुपर्ने प्रयोजनका लागि र मतदाता नामाबलीमा नाम दर्ता गर्ने अन्तिम मिती असार मसान्तलाई तोकीएको निर्वाचन आयोग, निर्वाचन शिक्षा तथा सुचना केन्द्रका उपसचिब कोमल प्रसाद धमलाले बताउनुभयो ।
आगामी मसिर सम्ममा संबिधानसभाको निर्वाचन सम्पन्न गर्ने गरी मतदाता नामावलीलाई अन्तिम रुप दिने कार्यक्रम तय गरिएको बताउदै सबै जिल्ला निर्वाचन कार्यालयलाई कटअफडेट बारे परिपत्र गरिएको धमलाले जानकारी दिनु भयो ।
स्थानिय स्तरमा मतदाता नामावली अध्याबधिक कार्यक्रम, घुम्ती शिबिर तथा नागरीकता टोलीबाट संकलीत मतदाता नामाबली सबै जिल्ला निर्वाचन कार्यालयहरुले असार मसान्त भित्र प्राप्त गरि रुज,ु दावी–बिरोध आदी प्रकृया सम्पन्न गरेपछि साउन मसान्त भित्र निर्वाचन आयोगलाई सबै नामाबली प्राप्तहुने र तत्पश्चात आयोगले केन्द्रमा दोहोरो परीक्षण गरी आगामी भाद्र तेश्रो हप्ता भित्र अन्तिम नामावली तयार पार्ने जनाइएको छ ।
श्रावण १ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि हाल सञ्चालित मतदाता दर्ता गर्ने काम समेत स्थगित गरिने भएको छ । हालसम्म दर्ता भएका मतदाताहरुको विवरण निर्वाचन आयोगको वेवसाइट धधध।भभिअतष्यल।नयख।लउ मा राखिएकाले जोसुकैले जहाँसुकैवाट आप्mनो नाम दर्ता भए नभएको हेर्नसक्ने व्यवस्था समेत गरिएको जनाइएको छ ।
निर्वाचन आयोगले कोहि नागरिक मताधिकारबाट नछुटुन भनेर सबै जिल्ला प्रशासन कार्यालयमा नागरीकता लिनेहरुलाई तत्काल फोटो सहितको मतदाता नामाबलीमा दर्ता गराउने प्रवन्ध मिलएको छ । सबै निर्वाचन कार्यालयमा गई जुनसुकै स्थानको ब्यक्तिले समेत आफ्नो स्थायी वसोवासको ठेगानामा मतदाता नामाबलीमा नाम दर्ता गराउन सक्ने ब्यबस्था गरेको थियो ।