भर्जिनिया जेष्ठ २९,
विजय थापा : अमेरिका ,जुन ११ ,वाशिंगटन डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड स्थित नेपालीहरुको साझा चमेना गृह घर-ए-कवाबमा संयुक्तराज्य अमेरिकाको सान डिएगो क्यालिफोर्निया राज्यका लागि नेपालका तर्फबाट बाणिज्यदूत नियुक्त हुनु भएका ऋषी ढकालको स्वागार्थ डिसी महानगर क्षेत्रमा एक भेटघाट साँझको आयोजना गरियो ।
वाणिज्य दुत ढकालले आफ्नो ओहोदाको पदभार ग्रहण गरे पच्यात डिसी महानगर क्षेत्र वरीपरिका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधि ,समाजसेवी , कलाकार , ब्यबसायी ,संचारकर्मी ,नेपाली दूताबासका पदाधिकारीहरु तथा साहित्यकारहरुको उपस्थित रहेको थियो । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा व्यवसाय संचालन गर्दै आउनुभएका व्यवसायी ढकाललाई केही समय अगाडी नेपाल सरकारको मन्त्रिपरिषद् निर्णय अनुसार वाणिज्यदूतमा नियुक्त गरेको थियो र सोमबारदेखि नै ढकालको औपचारिक कार्यकाल सुरु भएको छ ।
उक्त कार्यक्रम अनौपचारिक भएता पनि लोक गायक ,ब्यबसायी तथा म्यारिल्याण्ड तथा पेनसेलभानिया का लागि महा बाणिज्य दुत प्रेम राजा महतले ढकाललाई बधाई दिदै शुभकामना दिनु भएको थियो । आफुले पनि पूर्ण सहयोग गर्न पछि नहट्ने बिचार राख्दै नेपाल सरकारले २ वटा बाणिज्य दुतको नियुक्ति गरि जिम्मेबारी दिएकोमा हर्ष व्यक्त गर्नु भएको थियो ।
वाणिज्य दुत ढकालले मन्तब्य व्यक्त गर्दै छोटो समयको जानकरी भएता पनि डिसी बासीहरुले देखाउनु भएको सद्भाव प्रति कृतज्ञता ज्ञापन गर्नु भएको थियो । मन्तब्य राख्दै नेपाल सरकार तथा बिसेष त अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा शंकर प्रसाद शर्माले खेलेको भूमिका तथा सहयोग प्रति आभार प्रकट गर्नु भएको थियो ।
नेपाल सरकारले जुन जिम्मा सुम्पिएको छ त्यसलाई ईमान्दारिताको साथ पालना गर्ने बचन बद्दता सहित आफुले नेपाल र नेपाली समुदायको हितको लागि क्रियाशील रहने बिचार राख्नु भएको थियो । ब्यबसायी लोकनाथ तिवारीले जमघटको चाजो मिलाई दिनु भएकोमा वहालाई धन्यबाद दिनु भएको थियो । ब्यबसायी लोकनाथ तिवारीले सबैलाई भेलाको उदेश्य बारे जानकारी दिदै स्वागत गर्नु भएको थियो । उक्त स्वागत तथा भेटघाट साँझ कार्यक्रममा परिचयात्मक कार्यक्रम पनि राखिएको थियो ।