१३ औं अन्तराष्ट्यि दुध दिवशका अवसरमा वृद्धावृद्धालाई दुध वितरण I

चितवन १८ जेठ,

राधेश्याम खतिवडा : भरतपुर । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.को आयोजनामा शनिबार दे वघाटका वृद्धावृद्धालाई दुध वितरण गरिएको छ । १३ औं अन्तराष्ट्यि दुध दिवशको अवसर मा स्वच्छ दुध पिऔ, स्वाथ्य जिवन जिऔं भन्ने हेतुले धार्मिक स्थल देवघाटमा रहेको गलेश्वर वृद्धाश्रममा रहेका वृद्ध वृद्धालाई दुध खुवाएर दुध दिवश कार्यक्रम मनाइएको हो । 

कार्यक्रममा प्रमुख अतिथि १०८ स्वामी अद्धयतानन्द गिरीजी,अतिथिहरुमा जिल्ला पशुसे वा कार्यालयका बरिष्ठ पशु चिकिस्तक डा. रामकुमार कार्की, जिल्ला विकास समीति चितवनका योजना अधिकृत प्रकाश पौडेल, पशुपंक्षी रोग अन्वेषण केन्द्रका डा. बोधनाथ अधिकारी, जिल्ला पशुसेवा कार्यालयका पशु चिकिस्तक तेजबहादुर रिजाल , खरीपाटी डेरी प्रा.लि.का प्रमुख विश्वराम खड्कालगायतले दुध सेवनको महत्वका बारेमा बोल्नुभएको थियो । 

त्यस्तै जिल्ला संघका उपाध्यक्ष रामहरी दवाडी,सचिव रामकृष्ण दुवाडी, कोषाध्यक्ष शार दा खरेलले कार्यक्रममा मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा ३०० जना वृद्ध वृद्धा तथा गलेश्वर आश्रमका व्राह्मण विद्यार्थीहरुलाई दुध वितरण गरिएको थियो । संघले हरेक वर्ष अन्तराष्ट्यि दुध दिवस यसरी नै मनाउदै ँ संघ लि. का व्यवस्थापक विनोद खतिवडाले बताउनुभयो । हाल चितवनमा रहेका १५१ वटा दुग्ध सहकारीहरुवाट करीव ३ लाख लिटर दुध प्रतिदिन उत्पादन हुन्छ । 

चितवनमा उत्पादन हुने दुधको प्रमुख वजार काठमाडौं र पोखरा हो । चितवनमा उत्पादनको २५ प्रतिशत मात्र खपत हुने गरेको व्यवस्थापक खतिवडाले जानकार ी दिनुभयो । सरकारले प्रतिव्यक्ति वार्षिक दुध उपभोग ५७ लिटर ताकेको छ । तर हाल ५२ लिटर मात्र उपभोग भइरहेको तथ्याक छ । विश्व खाद्य सुरक्षाले भने ९२ लिटर प्रति व्यक्ति दुध उपभोग मापदण्ड तयार पारेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com