भर्जिनिया अमेरिका जेष्ठ २३,
विजय थापा : डालास, अमेरिका, जुन १ विश्व कै सबभन्दा ठूलो सामाजिक संस्था लायन्स क्लबको छातामुनी निस्वार्थ एवम पवित्र सेवा भावनामा आबद्ध हुंदै आज भन्दा दश वर्ष अगाडि स्थापना भएको Dallas Everest Lions Club ले यही जून १ तारिख, २०१३ शनिबारका दिन DFW Airport Marriott South Hotel, Fort Worth मा एक भब्य समारोहका साथ आफ्नो दशौँ वार्षिकोत्सव सम्पन्न गरेको छ।
अन्तरराष्ट्रिय लायन्स क्लबको मान्यता र परम्परा अनुसार सन्चालन गरिएको सो कार्यक्रम सो क्लबका अध्यक्ष शिव काफ्लेले Meeting call to order गरी प्रारंभ गर्नुभएको थियो। Lions का Past District Governor Frank Pickens को प्रमुख आतिथ्यमा सम्पन्न सो समारोह मा क्लबका अर्का पूर्व अध्यक्ष मकर बज्राचार्यले Pledge of allegiance गर्नु भएको थियो भने Past District Governor Don Johnson ले Lions को Invocation गर्नु भएको थियो तेसैगरी क्लबका अर्का पूर्व अध्यक्ष राम सि. पोखरेलले अतिथिहरुको परिचय गराउनु भए पछि क्लबका पूर्व अध्यक्ष महेन्द्र पौड्यालले अतिथिहरुको स्वागत गर्नु भएको थियो।
तत्पश्चात् कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष अजय चोछून, Nepalis Society Texas (NST)का अध्यक्ष प्रेम अधिकारी, समाजसेवी तथा नेपाली समुदायलाई माया गर्ने Bob Hopkins र संगीतकार तुंगनाथ उपाध्यायले क्लबको सफलता, उपदेयता र यस्को प्रभावको बारेमा प्रकाश पार्नु भएको थियो। कार्यक्रममा समाजसेवी डा.मुरली अधिकारी,गौरी जोशी तथा बन्दना हमाललाई बिशेष सम्मान गरिएको थियो भने क्लबमा लामो समय सम्म योगदान दिनुहुने संस्थापक अध्यक्ष अजय चोछून, पूर्व अध्यक्षहरु राम सि. पोखरेल, महेन्द्र पौड्याल,शशी भट्टराई,बिनिता जोशी श्रेष्ठ र मकर बज्राचार्यलाई बिशेष कदरपत्र प्रदान गरिएको थियो।
कार्यक्रमको बिचबिचमा कलाकारहरु शार्दुला जोशी,अस्मिता पौडेल, अनु काफ्ले, अनिमा ज्ञवालीले नेपाली संस्क्रितीको न्रित्य प्रस्तुत गर्नुभएको थियो भने साथमा क्लबका पुर्व अध्यक्ष शशी भट्टराई र उहाकी श्रीमती सुमनको जोडीले लोक न्रित्य प्रस्तुत गर्नु भएको थियो औपचारिक कार्यक्रमको अन्त्यमा अध्यक्ष शिव काफ्लेले धन्यबादसहित कार्यक्रम सम्पन्न भएको घोषणा गर्नु भएको थियो।
बिशेष रात्रीभोज सहितको सो कार्यक्रममा अन्य समुदायका Lions Club हरु, अन्य संघसंस्थाका प्रतिनिधि,पत्रकार,तथा क्लबका शुभचिन्तक तथा सदस्यहरुको बिशेष सहभागिता एबम उल्लेख्य उपस्थिति थियो।
साथै राति १० बजेदेखी १ बजेसम्म DJ Master Susanta poudyal र बिपिन थकालीले DJ Night द्वारा थप मनोरन्जन गराएका थिए।
Dallas Everest Lions Club ले डालास क्षेत्रमा बसोबास गर्ने अन्य समुदायका अतिरिक्त नेपाली समुदायकावीच बिगत दशवर्षदेखि सामाजिक अभियानका कार्यक्रमहरु संचालन गर्दै अन्तरराष्ट्रिय समुदायमा आफ्नो बेग्लै पहिचान र संपर्क स्थापित गर्ने कामहरु गर्दै आएको छ। त्यसका अतिरिक्त समय समयमा नेपालमा बसोबास गर्ने गरिब र असहाय समुदायलाई सक्दो सहयोग गर्दै आइरहेको छ।सो कार्यक्रममा पूर्व अध्यक्षहरुद्वारा विगत दश वर्षका कृयाकलापहरुको बारेमा चर्चा गर्नु भएको थियो।