जुटपानी,चितवन जेष्ठ २३
शिशिर सिंखडा : विश्व वातावरण दिवसको अवसरमा आज पूर्वी चितवनको जुटपानीमा
वातावरण संरक्षण आवश्यकता र चुनौती विषयक अन्र्तक्रिया एवम्
प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कालिका युवा क्लव जुटपानीको आयोजना तथा जीआईजे
ड,एसटीपीपी शान्तिका लागि सहयोग कार्यक्रमको सहयो
गमा भएको सो कार्यक्रममा उदयपुर सामुदायिक वनका उपभो
क्ता, कार्यसमिति,पृथ्वी उच्च माविका शिक्षक शिक्षिका, स्थानीय
भिक्टोरियस युथ क्लवका पदाधिकारी सहित ८० जनाको सहभागिता
रहेको थियो ।
कार्यक्रममा वन संरक्षण,जलवायु परिर्वतनको
असर,वन विनास रोक्ने उपाय लगायतको विषयमा छलफल गरिएको
थियो । जुटपानी गाविसका सचिव रामप्रसाद सापकोटा प्रमुख अतिथि रहनु
भएको सो कार्यक्रममा कालिका युवा क्लवका अध्यक्ष निराजन
गौली,जुटपानी रेन्जपोष्टका इन्चार्ज सहायक वन अधिकृत
क्षेत्रविक्रम खाड,सहायक वन अधिकृत रामचन्द्र सुवेदी लगायतले
मन्तब्य व्यक्त गर्नुभएको थियो । कालिका युवा क्लवका
कार्यक्रम अधिकृत सुमन ढकालले स्वागत मन्तब्य व्यक्त गर्नु
भएको सो कार्यक्रम उदयपुर सामुदायिक वनका अध्यक्ष केशव
लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।