गजल : By, कल्पना राइ I



छाती दुख्दा  छामी हेरें,कलेजीमा तिमी थियौ 
केहि सम्झी हाँस्न खोज्दा कलेटीमा तिमी थियौ 

दोबाटोमा बिदा हुँदा टाढा भयौं जस्तो लाग्यो,
बास्ना छर्दै आँगनीको चमेलीमा तिमी थियौ 

पारि पाखा न्याउली रोयो याद झनै गाढा भयो,
अश्रु कुण्ड बग्न खोज्दा परेलीमा तिमी थियौ 

विरहको झरी लाग्दा चर्की रह्यो मन्को भित्ता,
छेल्न खोजें बछेता नि बलेसीमा तिमी थियौ 

बिर्सी देउ भन्यौ तर त्यस्तो कहाँ हुन सक्थ्यो?
अझै पनि  मन मुटु  मझेरीमा  तिमी थियौ

 कल्पना राइ 
रोरिया 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com