मर्छु क्यार लौ,दुखेरै सधैँ
भोक रोगले,सुकेरै सधैँ
गम्छु जोडले,दिनै फिर्छ कि
कष्ट भो बढी,झुकेरै सधैँ
नाम दाम नै,कहाँ मिल्छ र
बित्छ जिन्दगी लुकेरै सधैँ
कार्य ती कडा,गले पाखुरी
गुम्छ चेतना,भुकेरै सधैँ
मिल्छ शायदै,सुखै तैपनि
बस्छु आशले,ढुकेरै सधैँ
(श्री पोस्टराज चापागाईंद्वारा
प्रतिपादित नया छन्द - चेगिको)
SlS lSl SSl S
गण :-र ज त गु.
(५ अक्षरमा विश्राम)
कोमल भट्ट
पुरानो नैकाप ,काठमाडौँ
हाल :- रोचेस्टर,न्युयोर्क