गजल : By, सोमकृष्ण श्रेष्ठ I



दुइ ठूला मुलुकले चेपेको नेपाल
उत्तर भन्दा दक्षिणले हेपेको नेपाल

शक्तीशाली कहलेका साम्राज्यवादीले
हात पार्न कयौं पल्ट खेपेको नेपाल

बिशाल यो भू-भागमा चारै तर्फबाट
सँधियारले दस-गजा ढेपेको नेपाल

भेषभूषा रहन् सहन् रीति रिवाजमा
पश्चिमेली संस्कारले लेपेको नेपाल

गरिबीको कारणले चन्दाको नाममा
भित्र भत्रै बिदेशीले सेपेको नेपाल

दुइ ठूला मुलुकले चेपेको नेपाल
उत्तर भन्दा दक्षिणले हेपेको नेपाल

सोमकृष्ण श्रेष्ठ
भिनपा, २ दोलखा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com