गजल : By, मानन्धर अभागी I



जून छ तर अँध्यारो , यहाँ जून न भा जस्तो
नुन छ तर अँध्यारो , खल्लो नुन न भा जस्तो

सतीले सरापेको देशमा , राम्रो गर्नै नहुने रै छ
सर्वस्व त्यागेर पनि , मान्छेमा गुण न भा जस्तो

त्यो लाम्टो कति तान्नु र , झन् पो छोट्टिदैं गयो
दूध दुहुने बेलामा , गाईको थुन न भा जस्तो

झरीमा चुर्लुम्म डुबेर , गेडा – गुडी फूले झैं
जिन्दगी भित्र नशा छ , तर खुन न भा जस्तो

आफ्नै रगतले गीत रच्यो , गायो घोक्रो फुटुञ्जेल
गीतहरू मीठा छन् , तर धुन न भा जस्तो ।

 मानन्धर अभागी 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com