ए युवाहरु हो अब हामी एक हुनुपर्छ
भ्रष्टचार हैन देशको रक्षक हुनुपर्छ
ति निर्दोष गरिबहरु माथी भएको
शोषणको बिरुद्दमा बार छेक हुनुपर्छ
परिवर्तन ल्याउँन यो समाजमा हामी
जगाउँने चेत बुद्दी र विबेक हुनुपर्छ
आखिर माटो सबै एउटै हुन् जगतका
समानता एकै त्यो बेसी र लेक हुनुपर्छ
अनि देश महान् बन्न सक्छ त्यो दिन
जहाँ सानो ठुलो सबको आवश्यक हुनुपर्छ
-पोष कुमार राई
महेश्वरी-२ सानोडुम्रे खोटाङ्