गीत : By, नरेन्द्र घर्ती ' I



कर्म गर्दा गर्दै सुल्टो!
परिणाम आयो उल्टो!
जोगाउन हाम्रो नाता कोशिश् गरेकै हो मैले
आज आएर मलाई नै दोषी ठान्छन सबैले

कोहि पनि छैनन् यहाँ साथ दिने मेरो पक्ष
निर्दोश म बनु कसरी स्वार्थी दुनियाँ समक्ष
जोगाउन हाम्रो नाता..
आज आएर मलाई नै…

आफ्ना सबै यथार्थसंग बनिदिए अनबिज्ञ
समाजको नजरमा कसोगरी बनु म योग्य
जोगाउन हाम्रो नाता..
आज आएर मलाई नै…

' नरेन्द्र घर्ती '
तारा / बाग्लुङग

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com