नारीदर्पण डटकम : शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५५७ औं जन्म जयन्ति,सगरमाथा हिरक महेात्सव तथा पर्यटन प्रवर्धन कार्यक्रम अत्यन्तै सोहार्द्रतापूर्ण वातावरणमा र्इजरायल स्थित बिभिन्न देशका कुटनैतिक प्रमुख लगाएत र्इजरायली सगरमाथा आरेाही,नेपालकेा पर्यटन क्षेत्र बिकासमा भुमीका खेल्दै आएका र्इजरायली ट्राभल्स एजेन्सि साथै बेदेशिक रेाजगारिका लागी र्इजरायलमा कार्यरत नेपालीहरूकेा उल्लेख्य सहभागीतमा सम्पन्न भएकेा छ ।
शनिबार बिहान साढे नौं बाट सुरु भएको उक्त कार्यक्रम अपराहन्न तीन बजे सम्पन्न भएकेा थियेा ।
शनिबार बिहान साढे नौं बाट सुरु भएको उक्त कार्यक्रम अपराहन्न तीन बजे सम्पन्न भएकेा थियेा ।
र्इज़रायलको तेल अभिव शहर स्थित वेद बार्वर हल हा-हागाना १३५ मा भएको उक्त कार्यक्रमको आयोजना नेपाल राजदुताबास र्इजरायल तथा र्इजरायलमा स्थापना भएका १२ बटा सस्थाले गरेकेा थिए ।
कार्यक्रमको सुरुवात एन आर एन का महासचिव दिपक ओलीले गर्नु भएको थियो भने देाश्रेा चरणकेा कार्यक्रम नेपाली राजदुतावासका सह-सचिव रोशन खनालले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा उपस्थित बिदेशी प्रमुख पाहुनाहरु : (१) म्यान्मारका राज्धुत श्री म्यो अए , (२) श्रीलंकाका राज्धुत श्री सरद देवासेन विजेसिंग र (३) थाई रोयल द्वारा प्रतिनिधि सुचार्त लिंग्सीन्ग्थ्रोंग रहनु भएको थियो । र, साथै इज़रायल बाट थुप्रैको संख्यामा इज़रायालिहरु बुद्ध जयन्तिको यस कार्यक्रम मा उपस्थित रहेका थिए । नेपाली र इज़रायाली राष्ट्रिय गान बाट सुरु गरिएको बुद्धको जन्म जयन्ति पवित्र कार्यक्रममा नेपाल राज्धुतावास र पाहुना राज्धुतहरु द्वारा संयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रमलाइ अगाडी बढाइएको थियो । त्यसपछि लामाले बुद्धको पाठ गरि पूजा गरि क्रमि संग कार्यक्रम लाइ अघि बढाइएको थियो ।
सभापति र अतिथि आसन ग्रहण पछि नेपाल राजदुतावास र्इजरायलका सह सचिव रोशन खनालले कार्यक्रम संचालन गर्नु हुँदै विशेष पाहुनाहरुलाई परिचय गराउंदै उहाँले लुम्बिनीमा रहेका बिशेष ठाउँ जहाँ भगवान गौतम बुद्धले पहिलो पटक यस धर्तीमा पाइला टेक्नु भएको थियो सेाकेा वर्णन फोटो फिचर बाट गराउनु भएकेा थियेा ।
कार्यक्रमका सभापति तथा महामहिम राजदुत श्री प्रल्हाद कुमार प्रसाईं ज्यु ले भगवान गैातम बुद्ध, लुम्बिनी र सगरमाथा हिरक महोत्सव बारे सबैलार्इ प्रस्ट पारिदिनुभएकेा थियेा थियो । मन्तव्यकै क्रममा म्यान्मारका श्री म्यो अए ले आफु लुम्बिनीकेा बिकाशका लागि जुनसुकै सहयोग गर्न तयार भएको बताउनु भयो । त्यसैगरी श्रीलंकाका राजदुत श्री सरद देवासेन विजेसिंगले भगवान बुद्ध शान्तिका दुत हुँन उहाँको मूल सन्देश नै विश्वमा शान्तिकेा ज्योति फैलाउने हो मात्र पूजा गर्ने तरिका फरक हुन सक्छन त्यसैले बुद्धकेा सन्देशलार्इ सबै मिलेर अनुसरण गरेमा अबस्य शान्ति प्राप्त गर्न सकिन्छ भन्नु भयेा ।
थाई का प्रतिनिधि ले पनि कार्यक्रमको प्रसंसा गर्दै आफुहरु अत्यन्तै खुशी र उत्साही भएको बताउनु भएकेा थियेा । मन्तब्य कै क्रममा पाहुनाहरुले शान्तिका अग्रदुत भगवान बुद्ध नेपाल मा जन्मिएको हो र बुद्ध बारे यसरि नै प्रचार प्रसार भए उनको शान्तिमय सन्देश अझ संसारमा फैलिने छ र यो सुन्दर कार्यक्रम अत्यन्तै प्रसंसनिय रहेको बताए ।
कार्यक्रमको मध्यान्तरमा सामाजिक नेटवर्कका अपरेटर इज़रायाली दानी अब्राहमीले नेपाल र इज़रायलको प्रगाड सम्बन्ध रहेको बताउदै नेपाल अत्यन्तै प्राकृतिक सुन्दरताले भरपुर मनोहक फुलबारी हो । जहाँ नेपाल पर्यटकीय र ब्यापारिक दृष्टिकोणले पनि निकै आकर्षक छ भन्दै आफ्नो नेपाल यात्राको अविस्मरणीय अनुभूतिको फोटो फिचर सहित बर्णन गर्नु भएको थियो र इज़रायल बाट सगरमाथाको आरोहन गर्ने श्री दोरों इरेल रहेको पनि बताउनु भयो । त्यस्तै अर्का इज़रायाली युवा नादाव बेन यहूदाले पनि आफ्नो नेपाल यात्राको अनुभूति बताउदै आफुले सगरमाथा आरेाहणकेा क्रममा एक टर्किस सगरमाथा आरोहीलाई बचाएको बताए ।
बुद्ध जयतिको उक्त पवित्र कार्यक्रममा अन्तरास्टिय कलाकार मञ्च, अन्तरास्टिय कलाकार समाज,लगाएत नेवाखलले जातजाति संस्कृति झल्काउने नेपाली रास्ट्रीय गीतमा नृत्य प्रस्तुत गरेका थिय । सबिना खड्गा, शान्ति पाख्रिन, रेणु केसी, धर्म भण्डारी,अनिसिघ राजकोट , र्ज्यावती त्रिपाठी , मिङडेामालामा शेर्पा, पेमा लामा , हेमा लामा माया तामाङ्ग लगायत थुप्रै नृत्यकारहरु संयुक्त सहभागी भएका थिए । नेपाली भेषभुषामा सजिएका कलाकारहरूकेा कला प्रस्तुत गरिरहदा बिदेशी पाहुनाहरू मन्त्र मुग्दका साथ कायर्क्रमहेरी रहेका थिए । गायिका सुनिता पाख्रिलने आनी छोयिंग डोल्मा को फुलको आँखामा फुलै संसार ... सुन्दर गीत गाउनु हुँदा दर्शकहरुले समेत साथ् दिएका थिए । हजुरी शाह, असफल थापा, रस्मि केसी, सुनिता पाख्रिन, हेमा लामा, माया, सीता,सम्झनाले,यो नेपाली शीर उचाली संसारमा लम्किन्छ...बेालकेा गित प्रस्तुत गरेका थियो भने लिला लिम्बु,बिना गुरूङ,सेानी घले अन्जिता तिवारी,शान्ती पाख्रिन सविना खडका,ले नृत्य प्रशिक्षक भुपेन्द्र गुरूङकेा केारियेाग्राफमा सय थरि बाजा एउटै तालमा सामुहिक नृत्य प्रस्तुत गरेका थिए । नेपाली राजदुतासका सहचारी हरि प्रसाद प्रसाइले फोटो फिचरबाट विश्वकेा सर्वेाच्च शिखर सगरमाथाकेा बारेमा वर्णन गर्नु भएको थियो ।
नेपालीहरुको प्रबेसको इतिहासमा नै पहिलेा पल्ट नेपाली राजदुताबास र्इजरायल,एन आर एन र्इजरायल लुम्बिनी कपिलबस्तु अभियान, नेपाल तामाङ समाज र्इजरायल शेर्पा सँघ र्इजरायल,नेवा खल र्इजरायल,किरात यायेाख्खा, तमु समाज र्इजरायल नेपाली नारि आवाज र्इजरायल,तामाङ घेदुङ सँघ र्इजरायल,अन्तरास्टिय कलाकाल मञ्च र्इजरायल,विश्व नेपाली साहित्य समाज र्इजरायल,आदिवासि जनजाती महासँघ र्इजरायलकेा आयेाजनामा सम्पन्न सेा कार्यक्रमकेा संयोजकमा दीप कुमार गुरुङ रहनु भएकेा थियेा । उपस्थित महानुभावहरूलार्इ आयेाजककेा तर्फबाट युवराज राइले स्वागत मन्तब्य राख्नु भएको थियो।
कार्यक्रकेा समापन गर्नु हुदै कार्यक्रमका सभापती तथा महामहिम राजदुत श्री प्रल्हाद कुमार प्रसाईले बुद्ध जयन्ति कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण नेपाली संघ संस्था, मिडिया, विदेश पाहुना , र यस कार्यक्रम लाइ प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण मा नेपाली हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्नु भयो । कार्यक्रममा नेपाल तामाङ समाज र्इजरायलका सह उपाध्यक्ष दलबहादुर तामाङले खाने पानीकेा ब्यवस्था गरिदिनु भएकेा थियेा भने जुस र रशबरी नुवाकेाट जिल्ला घर भर्इ हाल र्इजरायल कार्यरत अन्जु लामा तामाङ ले उपलब्ध गराउनु भएकेा थियेा ।
===== Video By, Pushapa Shrestha .......
===== Video By, Pushapa Shrestha .......