पर्सा जेठ १२
झुण्ड्याएर मारेको हुन सक्ने प्रहरीको अनुमान :
पर्साको बैरियाविर्ता गाविसमा शनिबार राती एक महिलाको हत्या भएको । दाइजो नल्याएको निहुँमा बैरिविर्ता गाविस ६ कि रबिता देवीको हत्या भएको हो । स्थानीय जयराम मुखिया बिनकी श्रीमती रबिता देवीको शव घरमै भेटिएको प्रहरीले जनाएको छ ।
२१ वर्षीया रबिता देवीलाइ परिवारका मान्छेका झुण्ड्याएर मारेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । रबिताको घरमै हत्या भएको जानकारी स्थानीय वासीन्दाले प्रहरीलाई गरेपछि पति जयराम मुखियासँगै परिवारका सबै सदस्य फरार रहेको प्रहरी निरिक्षक पुरुशोत्तम पाण्डेले जानकारी दिनुभयो । पर्साको बसन्तपुर माइती घर भएकी रबिताको चार महिना अघि मात्र जयरामसँग विवाह भएको थियो ।
दाईजोको निहुँमा आफ्नो छोरीको हत्या भएको रबिता बुबा बुनिलाल मुखीया बिनले बताउनुभयो । विवाह भएदेखि नै दाइजो नल्याएको भन्दै रबितालाई श्रीमान जयरामसँगै परिवारका अन्य सदस्यले पटक–पटक यातना दिने गरेको रबिताका बाबु बुनीलालले जानकारी दिनुभयो । रबिताको शव पोस्टमार्टमको लागी वीरगञ्जमा रहेको नारयाणी उपक्षेत्रिय अस्पतालमा राखिएको छ ।NB:s