काठमाडौ जेठ १३,
राजधानीलाई पश्चिम नेपालसँग जोडने पूर्व-पश्चिम राजमार्गको नवलपरासी खण्ड आजपनि अवरूद्ध भएको छ । राजमार्ग अवरूद्ध भएपछि काठमाडौसँग पश्चिम नेपालको सम्पर्क फेरी टुटेको छ । मध्य नवलपरासीको लौकाहा खोलामा आएको बाढीका कारण राजमार्ग अवरूद्ध भएको हो ।
राजमार्ग कतिबेला बन्द हुन्छ भन्ने थाहा नहुँदा सर्वसाधारण यात्रु बिच बाटोमै अलपत्र परेका छन् । एकसातामा राजमार्ग अवरूद्ध भएको यो चौथो पटक हो । नवलपरासीको पहाडी गाविसमा सामान्य बर्ष भएपनि खोलामा बाढी आएपछि राजमार्ग अवरूद्ध हुने गरेको छ । गतवर्ष पुल भत्किएका कारण पानी पर्नासाथ राजमार्ग अवरूद्ध हुने गरेको छ ।
राजमार्ग अवरूद्ध हुँदा सयौँ सवारी साधनमा यात्रा गरेका हजारौ यात्रु बिच बाटोमै अलपत्र परेका छन् । पुल मर्मतका लागि अझै एक महिना लाग्ने पश्चिम डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ । मर्मत अभावमा पृथ्वी राजमार्ग जोडने मलेखु पुलपनि कुनैपनि समय अवरूद्ध हुने अवस्थामा पुगेको छ ।