ब्रुनाई जेठ १२,
किरात उभौलीको अवसरमा ब्रुनाई स्थित ब्रिट्रिस गोर्खाहरु रहेको सेरियामा भब्य साँगेतिक कार्यक्रम सम्पन्न भयो ।
नेपालका पपस्टार सविन राई, ग्ल्यामर गायिका इन्दिरा जोशि र लोक आधुनिक गायक भिषण मुकारुङको वेजोड प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाएको थियो ।
सविनको प्रत्येक गीतहरुमा युवा पिढीहरु अत्यधिक रमाएका थिए भने गायक तथा चर्चित मोडल जोशिको गीतमा दर्शकहरु उत्तेजित भई स्टेजमै नाच्न पुगेका थिए । त्यस्तै सुगम संगीतका गायक मुकारुङले पनि उत्तिकै दर्शकहरुलाई नचाएका थिए । ब्रुनाईमै रहदै आउनु भएका कलाकारहरु कमला लाबुङ, सिल्भिया लिम्बु, रेखा गुरुङ, पिङ्गला थापामगर र हाँङमा लिम्बु लगायतको रोचक नृत्यले कार्यक्रममा थप रौनकता थपेको थियो ।
टुकरलाइनबाट कार्यक्रमस्थल मुमोङ सम्म पुग्न बसको समेत ब्यवस्था भएकोले कार्यक्रममा लगभग ७ सय दर्शकहरुको सहभागिता थियो । अग्रिम खरिदकर्ताको लागि प्रवेश शुल्क प्रतिब्यक्ति ब्रुनाई डलर २५ रहेको थियो भने प्रवेशद्धारामै खरिद गर्नेको लागि चाहि प्रतिब्यक्ति ३० रहेको थियो ।
आयोजक नग्स राई, जितेन्द्र चेम्जोङ र किसन राईको अनुसार यो बर्षको बुद्ध जयन्ति, साकेला उभौली तथा येक्वा तङनामलाई भब्यरुपमा मनाउनको लागि यो कार्यक्रम आयोजना गरिएको थियो । सहभागिहरुले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए ।