एन आर एन अमेरिकाको अधिवेसन समुद्घाटन कार्यक्रम सम्पन्न र केसी द्वारा उपाधक्ष्य पदमा उमेद्वारीको घोषणा

 लस एन्जेलस  जेठ १२ ,

विजय थापा : अमेरिका लस एन्जेलस ,अमेरिका ,मे २५ ,गैर आवाशीय संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकामा भै रहेको दुई दिने अधिवेसन तथा साधारण सभा समुद्घाटन कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ  नेपाल ,जापान ,क्यानाडा तथा अमेरिकाका बिभिन्न राज्यहरुबाट कार्यक्रममा सहभागी हुन् आउन भएका बिभिन्न अतिथिहरुको सहभागिता रहेको थियो  

कार्यक्रमको शुभारम्भ पानसमा बत्ती बालि महामहिम राजदूत डा शंकर प्रसाद शर्माले गर्नु भएको थियो भने कार्यक्रमको सुरुवातमा कार्यक्रम बारे संक्षिप्त परिचय सम्मेलनका संयोजक तथा एन आर एन अमेरिकाका कोषाधक्ष्य राजेन्द्र सिवाकोटीले जानकारी गराएका थिए  कार्यक्रम संचालन एन आर एन अमेरिकाकि महा सचिब उपमा कंडेल लामा तथा सह सचिब जय मण्डल ले सयुक्त रुपमा गरेका थिए भने कार्यक्रम संचालकहरुले वक्ताहरुको छोटो परिचय पनि दिएका थिए  

कार्यक्रममा बाल बालिकाहरुले राष्ट्रिय गीत गएका थिए lसबैलाई स्वागत गर्दै एन आर एन अमेरिकाका अधक्ष्य प्रल्हादकेसीले आफुले दुई बर्ष सम्म आफुले गरेका कामहरुको संक्षेपमा जानकारी गराउनु भएको थियो  आगामी दिनमा एन आर एन अमेरिकाको लागि चुनाबको घोषणा गरि दिन निर्वाचन आयुक्तलाई पत्रचार गरि सकेको जानकारी दिदै एन आर एन अमेरिकाले धेरै कुरा उपलब्धि गरेको भन्दै सबैको सहयोग र समर्थन लागि अनुरोध गर्दै मन्तब्य कै क्रममा आगामी एन आर एन अन्तराष्ट्रियमा उपाधक्ष्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्  

कार्यक्रममा क्यानाडाबाट आउनु भएको एन आर एन आई सी सी महिला संयोजक राधा बस्नेतले महिला सम्बन्धमा बिसेष कुरा राख्नु भएको थियो भने नेपाल सरकारका तर्फबाट क्यालीफोर्नियाका लागि महा बाणिज्य दुत ऋषि ढकालले सबैलाई स्वागत गर्दै शुभकामना दिनु भएको थियो भने गै आ सघ। अन्तर्राष्ट्रिय समन्वय समितिका उप क्षेत्रीय संयोजक राम चन्द्र खरेलले एन आर एन को स्विटजर्ल्याण्डमा हुने सम्मेलनमा सबैलाई निमंत्रना गर्नु भएको थियो भने अस्ट्रेलियामा भएको एन आर एन आई सी सीले अमेरिकालाई दिएको प्रमाण पत्र प्रदान गर्नु भएको थियो  

यसै गरि सयुक्त राष्ट्रिय सघ स्थाई कार्य बाहक प्रतिनिधि सेवा अधिकारीले पनि शुभकामना दिनु भएको थियो ,बिभिन्न बक्ताहरुमा एन आर एन आइ सी सी का क्षेत्रीय संयोजक मुकेश सिंह ,ए एन ए का अधक्ष्य छेवांग शेर्पालामा ,पुर्व मन्त्रि राजेश काजी श्रेष्ठ तथा उद्यमीले उपस्थित हुन् पाएकोमा गर्व गरेको र चीन हाल नेपाल भ्रमण गर्ने दोश्रो मुलुक भै सकेको र एन आर एन को प्रारम्भिक चरणमा आफुले सहयोग गरेको कुराहरु उल्लेख गर्नु भएको थियो  गैर आवाशीय सघका पुर्व अधक्ष्य देवमान हिराचनले मन्तब्य ब्यक्त गर्दै एन आर एन भनेको के हो ?किन गठन भएको बारेमा रोचक जानकारी दिनु हुदै आफु एन आर एन ए संग बिसेस साईनो रहको बिचार ब्यक्त गर्दै वहाले आफ्नो रगतको जाच गर्यो भने एन आर एन भेटिन्छ होला भन्नु भएको थियो  

वहाले मन्तब्य व्यक्त गर्दै हामीले नेपाली भएर मर्नु पर्छ र नेपाली भएर जन्मनु पर्छ भन्दै बिचार राख्नु भएको थियो lएन आर एन मा हाम्रो बिचार मिल्नु पर्छ ,भावना मिल्नु पर्छ भन्दै एन आर एन ए बाट परिचय पत्रको बारेमा अझ सबैलाई बिस्तृत जानकारी गराउनु भएको थियो  यसै गरि वहाले दोहोरो नागरिकताको बारेमा छुदै एन आर एन धनिको संस्था नभै सबैलाई समेट्ने संस्था हो भन्नु भएको थियो  हाले पुर्व वक्ताहरुले एन आर एन सम्बन्धि उठाएको केहि जिज्ञासाहरुको मन्तब्यबाट नै त्यो बिषयलाई छॊई दिनु भएको थियो र एन आर एन मा महिला सहभागितामा ३० प्रतिसत हुनु पर्छ भन्ने आफ्नो मान्यता रहेको जानकारी दिनु भयो  

ए एन ए का अधक्ष्य छेवांग शेर्पालामाले महिलाहरुको नाम लिदै सम्बोधन गर्नु भएको थियो भने प्रमुख अतिथि महामहिम राजदूत डा शंकर प्रसाद शर्मा ले आयोजकलाई धन्यबाद दिदै सर्वप्रथम ऋषि ढकाल,अनिल पाण्डे तथा रवि लामिछाने लाई धन्यबाद दिनु भएको थियो  एन आर एन ले धेरै काम गरेको आफुले देखेको र धेरै होनहार नेतृत्व जन्माएको चर्चा गर्नु भन्नु भएको थियो  एन आर एन ले नेपालमा करिब २०० मेगावाट जल बिद्युतको क्षेत्रमा लगानी गर्ने भएको बारेमा उल्लेख गदै यस्तो अवसरमा एन आर एन ले बिचार गर्नु पर्ने उल्लेख गर्नु भएको थियो र बिभिन्न तथांकहरु दिदै अझ पनि अमेरिका निर्यात गर्ने सबै भन्दा ठुलो राष्ट्र हो भन्दै दोहोरो कर प्रणाली बिषयमा दूताबासले नेपाल सरकारलाई पत्राचार गरि सकेको जानकारी दिनु भएको थियो  

महामहिम राजदूत डा शंकर प्रसाद शर्माले नेपालमा आयातमा ८ प्रतिसतले वृद्धि भएको छ भने दुख कुरा नेपाल ले निर्यात मा १ प्रतिसत ले मात्र वृद्धि भएको जानकारी गराउनु भएको थियो  एन आर एन अमेरिकामा बिगतमा आर्थिक हिसाब किताब तथा सदश्यहरुको बिषयमा पारदर्शी नभएको चर्चा परिचर्चा र गुनासो रहको अवस्थामा पारदर्शी गर्न अधिवेसनको स्मारिका र आफ्नो संजालमा हिसाब किताब र सदश्य सुची तैयार गरि राखिएको अधक्ष्य प्रल्हाद केसीले मन्तब्यमा उल्लेख गरेका छन्  

कार्यक्रमको बीच बिचमा आयोजक समितिमा अहोरात्र खटिई यो सम्मेलनलाई सहयोग गर्ने स्वयम् सेवक ,बिभिन्न सघ तथा संस्थाहरु ,स्मारिका समिति तथा अन्य बिभिन्न महानुभावहरुलाईखादा ओढाईदै सम्मान गर्दै प्रसंसा पत्र वितरण गरिएको थियो भने सबै वक्ताहरुले आयोजक समितिमा बिसेष मेहनत गर्ने एन आर एन अमेरिकाका कोषाधक्ष्य राजेन्द्र सिवाकोटी तथा सह सचिब जय मण्डल तथा सम्पूर्ण समितिलाई सबैले धन्यबाद दिएका थिए 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com