एनसीसी कुवेतको तेश्रो अधिबेसन असफल “काही नभएको जात्रा हाडी गाउमा

कुवैत जेठ १२

भाईराम चौलागाई :  कुवैत सिटी २४ मे शुक्रबार एनआरएनए( एनसीसी कुवेतको आज भएको तेश्रो अधिबेसन पूर्णरुपमा असफल भएको छ।निर्वाचन आयोगको कमजोरी र उमेद्धारहरुको अडान नै तेश्रो अधिबेसन असफलको प्रमुख कारण रहयो। 

बिगतमा सबै पक्ष बाट भएका सहमतिका प्रयास असफल भय पछि अन्तिम समयमा आएर कुवैतको नियम,कानुन लाई मध्यनजर गर्दै निवाचन आयोगले सम्पूर्ण एनसीसी कुवेतका सदस्य ९१३४८० जना लाई भेला गराएर अधिबेसन गर्न ९निवाचन गर्न० मुनासिफ नहुने ठहर गर्दै कुवेतमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा भए अन्तिम घडी सम्म सहमति न भए बहुमतीए प्रणालीमा संघ संस्थाका प्रतिनिधिले मात्रै मतदान गर्ने निर्णय सर्बसम्मतले परिद गर्दै अधिबेसनको कार्यतालिका तय गरेको थियो। 

एनसीसी कुवेतका निबर्तमान अध्यक्ष राजेन्द्र तामांगको अनुपस्थितिमा एनसीसी उपाध्यक्ष नबराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी एनआरएनका क्षेत्रिय संयोजक नरेन्द्र भाट, बिशेष अतिथि नेपाली दुताबास कुवैतका दितिय सचिब अम्बिका जोशी, श्रम सहचारी सृजना तिवारी रहेका थिए। एनसीसी कुवेतको तेश्रो कार्यकालका लागि कुल २९ जनाले उमेद्धारी दिएका थिए। उपाअध्यक्ष,माहासचिब र सचिबमा सहमति भए पनि अध्यक्ष, आइसीसी कोडिनेटर र कोषध्यक्षमा सहमति हुन सकेन। 

अध्यक्ष पदका प्रत्याक्षी राजकुमार थापाले अन्तिम समयमा आयर सहमतिको बाटो खुल्ला गर्दै उमेद्धारी फिर्त्ता लिनु भएको थियो।त्यस पछि अध्यक्ष पदका प्रत्याक्षी दोय धर्म राज गिरी र अर्जुन तामांग बीच सहमतिका अथक प्रयास भएपनि सहमति हुन सकेन।अन्तत निर्वाचन समितिले बहुमतीय प्रणालीमा जाने निर्णय गर्दै उपस्थित ३२ नेपाली संघ संस्था का प्रतिनिधि बाट मतदान गर्ने घोषणा गर्यो। धम्कि पूर्ण भाषा प्रयोग गर्दै अध्यक्ष पदका प्रत्याक्षी अर्जुन तामांगले त्यसको बिरोध गरेपछि निर्वाचन समिति लाहाचारी र निरही हुदै अरु विकल्प स्तेश्रो ब्यक्तिको खोजि र अध्यक्ष पद पछि चयन गरिने विकल्प प्रस्तुत गरेपनि त्यसमा पनि सर्बसहमति हुन सकेन। 

अन्तिम समयमा निवाचन समितिले अध्यक्ष पदका प्रत्याक्षी दोय धर्म राज गिरी लाई निर्वाचन आचार संहिता तथा नियमावली बुदा ७ र अर्जुन तामांगलाई निर्वाचन आचार संहिता तथा नियमावली बुदा २ र ७ उलंघन गरेको ठहर गर्दै अध्यक्ष पदमा दिएको उमेरद्वारी रद्द गरेको थियो। धर्म राज गिरीले आफुले निर्वाचन आचारसंहिता बुदा उलंघन नगरेको दाबि गरेपछि ५ सदस्यि छानबिन टोलि गठन गरिएको थियो ।

उक्त टोलीले धर्म राज गिरीले निर्वाचन आचारसंहिता उलंघन नगरेको ठहर गरि निवाचन समितिलाई प्रतिबेदन भुझाएको थियो आइसीसी कोडिनेटरर र कोषध्यक्ष पदमा पनि सहमति न भएपछि बहुमतीय प्रणालीमा जना निर्वाचन समिति र उक्त पदका उमेरद्वार तयार भए पनि संघ संस्थाका प्रतिनिधि हरुले पद अनुसार अलग प्रकिया भयो भनि ठाडो बिरोध गरेका थिए उनीहरुले सबै पदमा समान प्रकिया हुनु पर्ने भन्दै बिरोध गरेका थिए। 

एनआरएनका क्षेत्रिय संयोजक नरेन्द्र भाट पनि कुनै ठोस निर्णय दिन सकेनन त्यसपछि अध्यक्ष पदका उमेरद्वार लगायत केहि उमेरद्वार हरुले एनसीसी कुवेतको बिगठनको माग गर्दै यथासिघ्र सदस्यता शुल्क र उमेरद्वारी शुल्क फिर्ता गर्न निर्वाचन समितिलाई निबेदन दिदै उपस्थित धेरै जसो बाहिरिएका थिए ।बिरोधै बिरोधै बिचमा औपचारिक घोषणा बिना नै एनसीसी कुवेतको तेश्रो महाधिवेशन समाप्त भएको थियो।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com