यासिन: हो मलाइ यहीं पुस्तकले बचाएको हो र म आफु बाँचेकोमा खेद छ म आभागी हुँ । त्यतिखेर [ ५५/५६ बर्षअघि] म मेरो कानुनको पुस्तक लिन घर आएकी थिए त्यतिनै खेर बम पड्केको थियो अंग्रेजहरुलाई तर्साउन र भगाउन जेरुसलम होटल किङ्ग डेबिट लाइ लक्षित गरि । त्यस घटनामा इज़रायेली कै ज्यान गएको थियो। समय अन्तरालमा अंग्रेज हरुले यस भूमिलाई छोड्नै पर्यो, छोडे । पनि उनको नाम सुलामित हो अहिले उनि इज़रायाल्को राजधानी जेरुसलेम मा एक्लै बस्दै आइरहेकी छिन् ।
म सानै देखि बडो शान्त स्वभावकी थिए । चंचल्लापन कम थियो । म सामान्य परिवारमा जन्मिएको हुँ । मेरो आमा बाबा गज्जबको हुनुहुन्थियो भन्छु म किनकी मैले झगडा गरेको कहिल्यै देखिन । जस्तै परिस्थितिमा पनि उनीहरु त्यसलाई सामना गर्ने सामर्थ्य राख्दथे । अहिले मैले फर्केर हेर्दा उनीहरु निकै असल अभिभावक हुन् । उनीहरु असल भए पनि म आफुलाई सारै अभागी भन्दछु किनकी म सबैकुराले सम्पन्न भएर दुखि छु अनि एक्ली छु । यो मेरो लागि कठिन सजाय भन्दा कम छैन । एउटै कुरा भगवान्ले अहिले सम्म मेरो चेत खोस्नु भएको छियन ।
जब दोर्सो विस्वयुद्ध भयो मलाइ त्यसले खुब दुखायो । ती घाउँलाइ देखेर मैले नर्स बन्ने सोच्थे एक-पटक । फेरी त्यो भन्दा नि मलाइ अन्यायमा परेकोले अझ प्रभाव पर्यो । सोच दुवै आ-आफ्नो स्थानमा उत्तिकै महत्वपूर्ण छन् । निर्णयको दोबाटोमा उभिए निकै गारो भो निर्णय माथि निर्णय लिनु । अन्त्यमा वकिल बन्ने भुत सवार भो । खुव हार्ड वाक गरे त्यतिखेर अहिले जस्तो एक-थोप्पा थिएन । हामी पोल्याड बाट आएका थियौं [इज़रायल] । सुरुका दिनहरुमा यहाँ खानका लागि केहि पनि थिएन कोहि संग पनि । सरकारले हरेक हप्ता केहि रासन पानि बाड्थियो त्यसले कहाँ पुग्थियो र । आमा बाले खुब दुख गरे, उहाँ हरु जस्तै अरुले पनि । हामी दुइ छोरी आमा बा पुरै चारजनाको परिवार थियौं ।
दुखद दुखदकै बीच समय परिबर्तन हुँदै गयो । विस्तार विस्तार साहस हरु अलि बढे अनि आशाहरु । हामी केटा केटि यत्तिकै डोरीले बाधेको स्कुल जान्थियों यसो भनौं हामीलाई त्यहाँ छोडेर आमा बा कतै काम मा जानु हुन्थियो । अनि भरे लिन आउनु हुन्थियो । यसरि निकै आच्छु आच्छु हुँदै हरेक नयाँ विहानी सँग नयाँ जीवन पाएको आभास हुन्थियो र नयाँ आभास सँग नयाँ आशा । जीवन अलि सहज बन्दै गयो । आमा बा ठिकै लेख पड भएनी हामी दुइ छोरीले सुवर्ण अवसर पायौं । समय सँगै जीवन अघि बडी रह्यो रोकिएन ।
मैले आफ्नो हाइ स्कुल सके आर्मी सके अब मैले आफ्नो भविष्यको दिशालाई स्वरुप दिनु थियो त्येतै लागे । कानुनको पढाइ सके तर केहि फर्मालीटी थियो त्यो परिक्ष दिए त्यसमा नि उत्तीर्ण भए । अब म कोट मा लड्न सक्षमटको सर्टिफिकेट पाएँ । कार्य सुरु गरे त्यतै रमाए. हो निकै रमाए । बिहे नि भयो मन परेकै मान्छे सँग । म आफ्नो घरपरिवार सँगै अफिसको काम मा तल्लिन भए । मेरो श्रीमान पनि आफ्नै काम मा ब्यस्त । जीवन निकै जटिलता संघर्ष सँगै झुज्दै अघि बडी रह्यो । जीवन रुपी सुन्दर फुलबारी फुल रोपेर मात्र कहाँ पूर्ण हुन्छ त्यहाँ फुल फुल्नु पर्छ अनि मात्र त्यो सच्चाई सुन्दर देखिन्छ ।
जीवन हाँसी खुशी साथ् नै अघि बडी रहे पनि हाम्रो बच्चा भएन । यस कुराले अलि जीवन बेस्वादिलो भैरहेको थियो । गर्नु पर्ने सबै कुरा गरियो तर हाम्रो बच्चा भएन । समय बित्त्दै गयो बिस्तारै हामीले आफ्ना आफन्त हरु बाट बच्चा बारे सोधाइहरु कम पाउन थाल्यौं । नत्र हजारौं सल्लाह दिन्थे , यसो गर उसो गर त्यहाँ जाउ आदि आदि । अब हामीले बच्चा प्रति को आशालाई मार्न थालि सक्यौं बस यत्तिकै रम्दै अघि बढ्यौं ।
दैबले नि कस्तो कस्तो दिन देखाउछन एक दिन मेरो अत्यन्तै मिल्ने साथीको कार दुर्घटना भो उनीहरुको त्यहि एक्सिडेन्ट मै मृत्यु भो कस्तो अचम्म पछिदिको सिटमा राखिएको दुइ बर्षको बच्चा कसरि बच्यो । त्यो एउटा चमत्कार नै मान्यौं हामीले । मैले मेरो आत्मिय मित्र गुमेको मा जति दुख लागेको थियो अर्को खुशी नि भगवान ले मेरो झोलीमा ल्याएर राखिदिएको महसुस गरे । त्यो बच्च [छोरा] मैले उसलाई जिम्मे लिने निर्नामय गरे तर मेरो श्रीमानले कुनै पनि किमत्मा मान्नु भएन । मेरो मातृत्वको अनुनय बिनय लाइ उसको मुटु पगालेन । म हारे आखिर उसको अघि मैले घुणा टेके । त्यो बच्चालाई मैले मेरो बैनीलाई जिम्मा दिए । उनको लागि मैले केहि खर्च त् दिए तर मै सँग राख्ने न्यानो माया दिने उसलाई चुम्ने अवसर मेरो श्रीमान ले दिनु भएन ।
यदि त्यो बच्चा लिएमा मैले उस सँग छुट्नु पर्ने वास्ता दिए पछि म हारेकिथिएं । तै पनि उसलाई हेर्न चाहि जान्थे । मेरो श्रीमान्लाई लाग्दथियो त्यो अबोध बच्चा काख लिएमा हाम्रो पनि एक्सिडेन्ट हुन्छ । उ जस्तो शिक्षित व्यक्तिले यस्तो सोचेको देखेर म हैरानीमा परेकिथिये । तर जीत उसैको भयो । समय कहाँ रुक्यो र न त यस धर्तीका कुनै चिज । म वकिल बाट अब जज भए । कत्ति खुशी खोइ को सँग शेयर गरौँ हुन्थियो अहुद्रो अपुरो परिवार थियो । जीवन शैली जति आधुनिक त्यति नै एक्लो हुँदो रैछ । खुशीले भरिएको खल्लो मन सधै । धनसम्पत्ति के नै पो रहेछ र ! केहि होइन रहेछ । पैसा नि केको लागि कमाउँ लाग्दथियो तर आफ्नो काम गरिरहे अमान्दारी पुर्वक ।
त्यो केटो ठुलो हुँदै गयो मेरो बैनीको आफ्नै एक-छोरा र एक-छोरी थियो तसर्थ उसको अरु रहर नहुँदा नहुदै मेरो निम्ति मेरो साथीको बच्चाको जिम्मेवार लिएकी थिइन । केटो ठुलो भएपछी अलि वातावरणमा धमिलोपन आउन थालेको महसुस गरे तर गर्न मा केहि सक्दिनथे । बस केहि समय धैर्य गर अब उ आर्मीमा जान्छ भन्थे । न भन्दै केटि आर्मीमा गयो एक मनले ढुक्क भयो । कहिले काहीं हामी भेटघाट गर्थ्यौं तर सधै जसो जस्तो थिएन । आर्मीमा धेरै प्रकारका साथीहरु स्नाग भेट हुन्छ ट्रेनिंग स्थलमा मन भुलिन्छ भन्ने मेरो सोच एक-दिन गलत साबित भो । केटोले आत्मा हत्या गर्यो मलाइ पार्न सम्म मर्माहत पार्यो त्यस घटनाले उ एउटा चिराग थियो मेरो साथीको चिनो थियो । अब रहेन कुनै दसी रहेन मेरो मित्रको । मैले मन मनै माफी मागे मेरो मित्र सँग ।
एता, म नि आफ्नो काम बाट रिटायर्ड भए । मेरो श्रीमान निक्कै जिद्दीथे र त म झुक्नु परेको थियो । रोगले बुडो हु भन्दैन रहेछ । मेरो श्रीमान लाइ ब्लड क्यान्सर भयो र उ समय भन्दा धेरै अघि गयो मलाइ छोडेर गयो सदा साका लागि । मैले उसलाई श्रद्धान्जली त हरे तर मनमा गुनासो पनि लिए किनकी आज तीले नि मलाइ यति छिटै छोडेर जनेथिये छौं कमसे कम त्यो केटो [साथीको छोरा] को जिम्मेवारी मलाइ उठाउन दिएको भए आज उ मेरो साथमा हुने थियो सायद उसको बच्चा बच्ची सँग अहिले यतिखेर म खेल्दै हुने थिएँ....। म सँग यत्तिका सम्पत्ति छ तर कोहि छैनन् न त नाता नाला न त कोहीं आफन्त नै ।
कोर्टमा एउटा यस्तो निर्णय गर्नु पर्ने केस भयो जसको मैले नयाँ अध्यनै गर्नु पर्ने भयो त्यहीं पुस्तक लिनु म घर जान निस्के आफ्नो कार्यालय बाट केहि पर मात्र के पुगेकी थिए त्यहाँ त बम पो पड्कियो । उनले आफ्नो हातको त्यो पुरानो पुस्तक देखाउदैं भन्दै थिइन यहीं त थियो त्यो भगवान जसले मेरो ज्यान बचायो त्यस बम पड्किएको घटना बाट तर मलाइ बाचेंकोमा खेद छ ....
[ सत्य घटनामा आधारित कथा ]