बैतडी बैशाख १९ ,
बैतडीको ग्वाल्लेक ५ डाडाखर्कीका एक व्यक्तिले रक्सीले मातेको बेला आफ्नै घरमा आगो लगाएका छन् । ३५ वर्षिय महेशराम महरले आफ्नै घरमा लगाएको आगोले घरका साथै घरमा रहेका सवै लत्ता कपडा, खाद्यान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
रक्सी खाएर घर आएका उनले परिवारसित भएको झगडापछि घरमा आगो लगाएको स्थानीयबासिन्दा महेश जोशीले जानकारी दिए ।
आगो लगाउने महरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै