अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले शक्ति पृथकीकरणको सिद्धान्तबारे आफू जानकार रहेको भन्दै कसैले पाठ सिकाउनु नपर्ने बताएका छन् । शक्ति नै नभएको बेला शक्ति पृथकीकरणको हौवा पिटनु अनावस्यक भएको उनको जीकिर थियो ।
चिकित्सक संघका पदाधिकारीसँगको भेटमा अध्यक्ष रेग्मीले आफूको नियुक्ति शक्ति पृथकीकरणको सिद्धान्त विपरित नभएको दावी गरेका हुन् । आफ्नो नियुक्तिलाई अन्तराष्ट्रिय समुदायले स्वीकृत गरिसकेको भन्दै शक्तिपृथकीकरणको कुरा उउठाउनुको औचित्य नभएका रेग्मीको दावी थियो ।
चिकित्सक संघले विज्ञप्तीमा शक्ति पृथकीकरणको कुरा उठाएपछि रेग्मी कड्किएका हुन् । 'शक्ति पृथकीकरणबारे म जानकार छु, कसैले उपदेश दिनु पर्दैन', उनले भने । संघले चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण गराएको थियो ।