अमेरिकाको क्यालीफोर्निया भएको भिषण आगलागीले ठुलो क्षति पुर्याएको छ।
उत्तरी लस एन्जलसमा रहेको जंगलमा लागेको भिषण आगलागीमा हजारौ घर खाली गरिएको छ भने एउटा पुरै युनिभर्सिटी पनि खाली गरिएको छ।
कयौं घर जलिसकेका छन् भने हजारौ एकड जमिनलाई आगको लप्काले भेटिसकेको छ ।
आगलागिलाई नियन्त्रणमा ल्याउन ५०० भन्दा बढि फायर फाइटर परिचालन गरिसकिएको छ । ६ वटा हेलिकप्टर पनि आगलागी नियन्त्रणमा खटेका छन्।
तर आगलागी भएको स्थलमा तीब्र गतिमा हावा चलेकाले आगलागि नियन्त्रणक प्रयास असफल मात्रै होइन् आगलागि बढ्दै गएको छ।
हावाले गर्दा आगो नियन्त्रणमा लिने रसायन जहाजबाट खसाल्ने योजना समेत कार्यान्वयन हुन सकेको छैन्।
घट्नमा हाल सम्म कुनै मानविय क्षति भने पुगेको छैन्।
आगलागीका कारण क्यालिफोर्निया स्टेट युनिभर्सिटिबाट ५ हजार विद्यार्थीलाइ पनि सारिएको छ। भिषण आगलागीक कारण सो क्षेत्र धुँवाले भरिएको छ । एजेन्सी;