Israel News, इज़रायाल्मा छैटौं गणतन्त्र दिवस सम्पन्न I

 तेलअभिव जेठ १५,  

नेपाली राज्धुतावासको आयोजनामा छैटौं गणतन्त्र दिवस कार्यक्रम समपन्न :

नारीदर्पण : इज़रायलका लागि नेपाली राज्धुत महामहिम श्री प्रल्हाद कुमार प्रसाईंको निवास स्थान (हर्चेलिया) मा आज साँझ भएको उक्त कार्यक्रममा राज्धुत लगायत विभिन्न केहि बिदेशी पाहुना र इज़रायल स्थित नेपाली सङ्घ संस्थाहरुको उपस्थितिमा पाँचौं गणतन्त्र कार्यक्रम सम्पन्न भयो ।

देशमा गणतन्त्र घोषणा भै नयाँ ब्यबस्था लागु भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाउदै आएको छ ।नेपाली धुतावासले आयोजना गरे त्यस कार्यक्रममा राज्धुत महामहिम श्री प्रल्हाद कुमार प्रसाईं ले गणतन्त्र मूल्य , मान्यता र महत्व बारे मन्तव्य राखु भएको थियो । र, साथै सुन्दर तामाङ्ग (अध्यक्ष-जनजाति माहासंघ), तेज श्रेष्ठ (अध्यक्ष-नेवा खल), मिना बान्तावा (अध्यक्ष-लुम्बिनी कपिलवस्तु) , क्रिज़ल केसी (हेल्पिङ्ग ह्यान्ड्स इन इज़रायल), दिपक ओली (महासचिव-एन.आर.एन इज़रायल), र नबराज खड्गा (गैर नेपाली समाज) लगायतले गणतन्त्र बारे आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रमको संचालन नेपाली राज्धुतावासका सह-सचिव श्रीमती रोशन खनालले गर्नु भएको थियो ।  प्रत्य वर्ष इज़रायाल्मा कार्यरत नेपालहरुको सहभागितामा नेपाली राज्धुतावासले गणतन्त्र दिवस मनाउदै आएकोछ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com