काठमाडौँ जेष्ट १५ ,
जया कार्की : चीनको राजधानी बेइजिङ्गमा मई १३ देखि १७ सम्म आइटीसी आइएलओ (अक्ट्राभ टुरिन) र अल चाइना फेडरेसन आफ ट्रेड युनियन्सको संयुक्त आयोजनामा Wage-led, Job-rich Recovery from Crisis विषयमा बृहत गोष्ठी सम्पन्न भएको छ । यो गोष्ठीमा एशिया महादेशका ९ वटा राष्ट्रका ट्रेड युनियनरु प्रतिनिधिहरुले भाग लिएका थिए ।
अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय सदस्य तथा महिला मजदुर कमिटी प्रमुख उषा देवकोटाले भाग लिनु भएको थियो । यो गोष्ठीमा वर्तमानको संकटमा तलबमा आधारित रोजगारी कसरी सिर्जना गर्न सकिन्छ र पुर्णतया बजारमुखी अर्थतन्त्रको निर्माण भैरहेको अवस्थामा राम्रा काम र सवैलाई सामाजिक सुरक्षाको प्रत्याभुति दिने लक्ष्य प्राप्त नहुने अवस्था सिर्जना भएकोले त्यसको समाधानमा केन्द्रित रहेको थियो गोष्ठी ।
गोष्ठीको मुल उदेश्यमा भनिएको छ मर्यादित कामका लागि आर्थिक विकासका क्रममा आइपरेका संकटप्रति दायित्व वोधका लागि ट्रेड युनियनहरुले विकास गर्नु पर्ने प्रविधि, ट्रेड युनियनहरुले खेल्नु पर्ने भूमिका, राष्ट्रिय स्तरमा गरिने सामाजिक सम्वाद तथा त्रिपक्षीय सम्वाद र सहमति गर्ने विधिका विषयमा विस्तृत छलफल भएको यो गोष्ठीमा ट्रेड युनियनहरुले फिल्डमा गएर गर्नु पर्ने कामका विषयमा अध्ययन गराइएको थियो ।
गोष्ठीमा हरेक देशबाट आएका ट्रेड युनियनहरुले सम्वन्धित देशहरुमा आर्थिक संकटका कारण देखा परेका मजदुरहरुका समश्यालाई कसरी हल गरिरहेका छन् ।
ती समश्याहरु कस्ता कस्ता कस्ता रहेका छन् समश्या समधधानका लागि ट्रेड युनियनहरुले के कसतो भूमिका खेलिहेका छन् र उनीहरुले भोगिरहनु परेका चुनौतिहरु के कस्ता रहेका छन् । न्यूनतम वेतनको कार्यान्वयनको अवस्था कस्तो रहेको छ, उनीहरु प्राथमिकताको सूचिमा राखेर गरिरहेको क्षेत्रहरु कुन कुन ह्ुन र त्यसको परिणाम के कस्तो आईरहेको छ । अनुगमन कस्तो भैरहेको छ । अव सुधार गर्नु पर्ने विषयहरु के के हुन । जेण्डर समश्यालाई कसरी हल गरिरहेका छन् भन्ने विषयमा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।
गोष्ठीमा औद्योगिक क्षेत्रम देखा परेका समश्या र मजदुर विवाद वढ्दै गएपछि अनौपचारिक क्षेत्रमा क्रमश मजदुरहरुको घनत्वमा वृद्धि हुंदै जांदा सामाजिक सुरक्षा, स्वास्थ्य सुरक्षा, मजदुरले प्राप्त गर्ने ज्याला क्रमिकरुपमा घट्तै गएकाले आर्थिक अवस्था कम्जोर हुंदै गएका विषयमा पनि विश्लेषण गरिएको थियो ।
यसका अतिरिक्त सरकार र व्यवासायीहरुले संकट समाधानका क्षेत्रमा चालेका कदमहरु र विभिन्न योजनाहरुको विषयमा पनि अध्ययन गराईएको थियो । ती योजनाहरु रोजगारी सिर्जना गर्नका लागिका कत्तिको सार्थक रहेका छन् ।
अर्थात धेरै रोजगारी सिर्जना गराउने क्षेत्रमा लगानी बृद्धि गर्न दवाव दिनका लागि ट्रेड युनियनहरुको भूमिकाका वारेमा ।
मुख्यत यो गोष्ठीको उदेश्य नै मर्यादित काम र ज्याला प्रशस्त सिर्जना हुने क्षेत्रमा सरकार तथा व्यवसायीहरुले लगानी गर्नुपर्दछ । नाफामुखी व्यवसायमा मात्र लगानीलाई प्राथमिकता नदिन एक किसिमले दवाव सिर्जना गर्नु रहेको छ भने आर्थिक संकटलाई हल गर्न र वेरोजगारीको समश्यालाई समाधान गर्न शुरु देखि नै पहल गर्नुपर्छ भन्ने विषयमा वढि जोड दिइएको थियो ।
अखिल नेपाल ट्रेड युनियन महासंघले नेपाली मजदुर आन्दोलनमा खेलेको भूमिका र आगामी कार्यक्रमका विषय लगायत रोजगारी सिर्जना, नयां संविधानमा मजदुरहरुको १० प्रतिशत प्रतिनिधित्व तथा मजदुर अधिकारका विषयमा महासंघले खेलिरहेको भूमिका तथा नेपाली महिला मजदुरहरुले जेण्डर समानताको लागि संचालन गरिरहेको विविध पक्षहरुका विषयमा प्रकाश पार्नु भएको थियो ।