सिन्धुपाल्चोकमा बस दुर्घटना पन्द्रको मृत्यु I

काठमाण्डौ जेठ १६,

नारीदर्पण : सिन्धुपाल्चोक जिल्लाको थम्पाल्कोट गाउँ विकास समितिको वडा न:२ छापूल्ले डाँडामा बस दुर्घटना हुँदा पन्द्र जनाको मृत्यु भएको छ । दुर्घटनाका क्रममा १२ जनाको घटना स्थलमै र तीन जनाको उपचारको क्रममा काठमाण्डौ शिक्षण र ललितपुरको बि एण्ड बि अस्पतालमा मृत्यु भएको थियो । 

सिन्धुपाल्चोकको बिकट क्षेत्रमा पर्ने च्यापुल्ले डाँडाको कच्ची सडक बाट बस करिब दुइ सय पचास फित तल खसेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रताब गुरुंगले जानकारी दिए । बिगत दुइ दिन देखि निरन्तर परेको झरीले चिप्लो घुमाउरो कच्ची सडकमा चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । 

सिन्धुपाल्चोकको भोटांग बाट काठमाण्डौ आउदै गरेको बस दुर्घटना परि बत्तीस जना घाइते भएका छन् । घाइते मध्ये सत्ताइस जनाको शिक्षण अस्पताल काठमाण्डौमा, तीन जनाको बि एण्ड बि मा र दुइ जनाको अल्का अस्पतालमा उपचार भैरहेको छ । ती घाइते मध्ये सात जनाको अबस्था निकै गम्घिर रहेको छ । 

 बिहान करिब दस बजेको भएको बस दुर्घटनाका घाइतेहरुलाइ प्रहरी र स्थानिय बासिन्दाले उद्धार गरि उपचारका लागि तत्काल नेपाली सेनाको हेलिकप्टर बाट काठमाण्डौ ल्याइएको थियो ।  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com