नेपालको आर्थिक सम्बृद्धिका लागि जलबिद्युतको बिकाश पहिलो पुर्बाधार हुने I

चितवन जेष्ठ १५ ,

शिशिर सिंखडा सबिधान सभा मार्फत संबिधान निर्माण र आर्थिक सम्बृद्धि हुन नसके को नेपालको गणतन्त्र संस्थागत हुन नसक्ने आज रत्ननगरका आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । 

नेकपा एमाले र त्ननगर नगरकमिटिले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘ने पालमा गणतन्त्रको संस्थागत बिकाश र चुनौती’ बिषयक एक दिने बिचार गो ष्ठीमा सहभागिहरुले गणतन्त्र स्थापनाको पा“च बर्षमा हुनु पर्ने आर्थिक परि वर्तन हुन नसक्दा जनतामा निराशा छाएको समेत बताएका थिए । 

कार्यक्रमका प्रमुख अतिथि एमाले पोलिट ब्युरो सदस्य तथा पुर्ब अर्थमन्त्रि सुरेन्द्र पाण्डेले नेपालको आर्थिक सम्बृद्धिका लागि जलबिद्युतको बिकाश पहिलो पुर्बाधार हुने बताउनु भयो ।मध्यपहाडी लोकमार्ग निर्माण र काठमाण्डौ सिमरा फाष्टट्रयाकको निर्माण पनि आर्थिक बृद्धिका लागि कोशेढु·ा हुने उहा“ले बताउनु भयो ।नेपालमा स्थानिय निकायको निर्बाचन हुन नसकेकाले पनि गणतन्त्र संस्थागत गर्न कठिनाई भएको उहाले बताउनु भयो । 

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक कपिलदेब सुबेदीले सै न्यशक्तिको राजनितिक करण , क्षेत्रिय , जातिय, धार्मिक र संघियता बिरोधी र ाजनिति , राष्ट्राध्यक्ष र कार्यकारी प्रमुख बिचको अधिकारको बाडफाड , माओबादीको राजनितिक रुपान्तरणको आशंका , संघियता र राज्यपुर्नसंर चनाको मुद्धा र राजनितिक दल भित्रको आन्तरीक लोकतन्त्रको ब्यवस्थापन ने पालको गणतन्त्रको प्रमुख चुनौती रहेको औल्याउदै संबिधान सभा निर्बाचन मार्फत लोकतान्त्रीक संबिधान निर्माण गर्नु अहिलेको मुख्य आवश्यक्ता भएको बताउनु भयो । 

नया संबिधानले सामाजिक परिवर्तन र संघियतालाई संस्थागत गर्ने भएकाले यथास्थितिबादीहरु तथा बहुदलिय प्रस्तीस्पर्धा , मानवअधिकार , प्रेस स्वतन्त्रता जस्ता लोकतान्त्रीक प्र्र ावधानलाई सुरक्षित राख्ने भएकाले उग्रबामपन्थीहरु लो कतान्त्रीक संबिधान बन्न नदिने षणयन्त्रमा रहेको तर्फ पनि उहाले ध्यानाकर्षण गराउनु भएको थियो । कार्यक्रममा नेकपा एमाले शिक्षा बिभागका केन्द्रिय सदस्य र माकान्त सापकोटाले कार्यपत्रमाथी टिप्पणी गर्नु भएको थियो । 

कार्यक्रममा नेकपा एमालेका पोलिट ब्युरो सदस्य काशिनाथ अधिकार ी , केन्द्रिय लेखा आयोगका सदस्य जेपि भेटवाल , राष्ट्रीय प्रतिनिधि परि षद सदस्य कृष्ण खनाल , अञ्चल समन्वय समिति सदस्य राधाकृष्ण पौडेल , जिल्ला अध्यक्ष जेएन थपलिया लगायतले बोल्नु भएको थियो । नेकपा एमाले रत्ननगरका अध्यक्ष प्रेमनाथ दुवाडीको अध्यक्षता तथा सचिव ईश्वरी अर्यालको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष ज्वालाबनले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा नेकपा एमाले निर्बाचन क्षेत्रिय कमिटि क्षेत्र नम्बर २का अध्यक्ष कृष्ण कुमार डल्लाकोटीले कार्यक्रमको उद्धेश्य माथी प्रकाश पार्नु भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com