श्रीमानको सम्झनामामा हारमोनीयम प्रदान I

चितवन जेष्ठ १५,

शिशिर सिंखडा : आफ्नो श्रीमानको सम्झनामामा पुर्वी चितवनको जुटपानी १ की एक महिलाले पिठुवा ९ स्थित रामकृष्ण मन्दिरमा एक थान हारमोनीयम प्रदान गरेकी छन् । 

श्रीमान् भानुभक्त दाहालको स्मृतीमा श्रीमति सरस्वति दाहाल,छोराहरु राजु र गुणराज दाहालले संंयुक्त रु पमा रु १० हजार मुल्य बारबार को हारमोनियम एक कार्यक्रम बिच मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष धुव न्यौपाने लाई हस्तान्तरण गरीएको हो । 

स्थानीय समाज सेवी समेत रहेका भानुभक्त दाहालको दुई बर्ष अगाडि दुर्घटनामा परि निधन भएको थियो । यस अघि पनि दाहाल परिवारले मिलीजुलि आमा समुह द्धारा निर्मीत जुटपानी १ मा रहेको शिब मन्दिरलाई एक थान हारमोनियम प्रदान गरेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com