नारीदर्पण : नेपागंज बाट हुम्लाका लागि उडेको सीता एयरको ९ एन एबी एच विमान हुम्लाको विमान स्थल अवतरणको क्रममा आज विहान ७ बजेर १५ मिनेटमा दुर्घटना भएको छ ।
अत्यन्तै बाक्ल हुस्सु लागेको कारण अवतरण का क्रममा उक्त दुर्घटना भएको थियो । विमानमा चालक दल सहित छ जाना यात्रु रहेका थिए । विमान अवतरणका क्रममा धावन मार्गमा अनियन्त्रित भै विमान दुर्घटना भएको थियो ।
दुर्घटना बाट विमानको पखेटा, व्हिल र अगाडी पट्टिको भागमा क्षति पुगेको छ । चालक दल सहित यात्रु हरु स-कुशल रहेका छन् । क्याप्टेन किरण भट्टराइ र को-पाइलट दीपक शाहले उदाएको जहाज बाक्लो हुस्सुका कारण दुर्घटना हुन गएको बताए ।