सम्पर्क बाहिर रहेका लिम्बु अबुधाबीको हस्पिटलमा फेला परे I

अबुधाबी जेष्ट १७ ,

निमकान्त पाण्डे : गत सनिबार देखि परिवारको सम्पर्क बाहिर रहेका मोरङ,वाराङ्गि गा.बि.स. वाडा न.६ का ओमबहादुर लिम्बु ८० प्रतिशत जलेको अबस्थामा अबुधाबिको मफ्रक हस्पिटलमा फेला परेका छन। क

म्पनीको कामको सिलसिलामा बिभिन्न ठाउमा डिउटी गर्दै आएका लिम्बु आचनक परिवारको सम्पर्कबाट बाहिर हुन् गएका थिए भने अचानक कम्पनीबाट तपाईको मान्छे दुर्घटनामा परेका छन् र अहिले उनलाई आईसियुमा राखिएको छ भनी काठमाडौँ रहेका निजका आफन्तलाई फोन सम्पर्क गरि घर परिवारमा खबर हुन् जादा परिवार छागाबाट खसे जसो अबस्थामा पुगेको थियो। 

दुई बच्चा बुवा समेत रहेका लिम्बु हाल अबुधाबीबाट करीब १५० कि मि रोयस नजिकै लिवा भन्ने ठाउमा कोरियन कम्पनी भित्र स्प्रेपेन्टरमा कार्यरत थिए । ठुलाठुला टेङ्किहरुमा पेंटिंग गर्ने क्रममा अकस्मात जेनेरेटरबाट आगो निस्किदा उनले काम गरेको ठाउलालाई आगोले लपेटन पुगेछ। बेलुकी डिउटी सकियो रुममा जान सबै गाडीमा आएर बसे तर उनि गाडीको सिटमा नहुदा सगै काम गर्ने साथीहरुले उनले काम गर्ने ठाउमा गई हेर्दा अगॊले जलिरहेको अचेत अबस्तामा भेटे पछि तुरुनै एम्बुलेन्समा राखी अबुधाबीको अलमफ्रक हस्पिटलमा भर्ना गरिएको थियो। 

घरमा आइसीयुमा राखेको खबरले पिरलेको परिवारले कुबेतमा कार्यरत दाजुलाई भाईको घटना बारे जानकारी गराए पश्च्यात आर सी सुब्बाले तत्कालै NRN युएई अध्यक्ष चन्द्र बहादुर रोकह र युएईमा क्रियासिल पत्रकार निमकान्त पाण्डे लाई जानकारी गरी सहयोगको अपिल गर्नु भएको थियो। निजका आफन्तले दिएको आधार घईते ले युएई आउदा दुबईको अलकोज भन्ने ठाउमा कार्यरत छु भन्ने आधारमा लेखिएको अपिललाई युएईमा रहेका संघ सस्थाका फेसबुक संजाल मार्फत सबैलाई अपिल गरिएको थियो। 

युएईका समाज सेबीहरुबाट कुनै फोन नआए पछि पिडितहरु अत्यन्तै निरस भै रहेको अबस्थामा हामीले हजुरका आफन्त बिमारी अबस्थामा भेटेका छौ आफन्तहरुलाई युएईमा अति नै क्रियासिल रहेको संगठन नेपाली जनप्रगतिशील मंच अबुधाबी क्षेत्रीय अध्यक्ष नेत्र अर्याल र प्रगतिशील मजदुर मंच का उपाध्यक्ष बल बहादुर बि.क.ले लिम्बु लाई भेटेर नेपालमा रहनु भएका परिवार र युएईमा रहेका निजका ज्वाई चन्द्र कुमार लिम्बु लाई फोन गरि बिमारीको अबस्था बारेमा जानकारी दिनु भएको थियो। 

काम गर्ने कम्पनीको सम्पर्क नम्बर NRN युएई अध्यक्ष चन्द्र बहादुर रोकहलाई जानकारी गरी औषधि उपचारका लागि राम्रो पहल गरिदिनुहुन आग्रह गरे अनुसार अध्यक्ष रोकाह ले कम्पनीको मेनेजर सित सम्पर्क गरि सबैकुराको पहल गर्नु भएको श्रोतलाई जानकारी गराउनु भएको छ। निजका ज्वाई चन्द्र कुमार लिम्बु आज सुक्रबार घाइतेलाई भेट्नु भएको छ उहाले दिएको जानकारी अनुसार हिडडुल गर्न नसकेतापनि दोहोरो कुराकानी भएको जनाउनु भएको छ। 

मानब धर्म यहि नै हो, डिउटीबाट बचेको समय हस्पिटलमा कोहि नेपाली छन कि भदै हस्पिटल पुगेका ,बि.क.र अर्याल अबुधाबीका धरै जसो समस्या समाधान र उद्दारमा जुटेकै हुन्छन महिलाहरुको समस्या होस या ह्रिदयघात दुर्घटना होस राहतको पहल छिटै गरि सहयोगी कदम उठाउछन। युएईका कार्यक्रमहरुमा घटी फुलाउदै चर्को भाषण गर्नेहरुले समाज सेबीको दर्जा पाउन कुनै गार्ह्रो छैन तर बास्तबिक समाज सेबिको चर्चा युएई भित्र कमै हुने गरेका छन भन्ने दुईमत छैन।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com