तिमीलाई भुल्नु परे संसार छोडी दिउँला ।।
हाँसीहाँसी मृत्यूसँग साईनो जोडी दिउँला ।।
.
जिन्दगीमा अरु सँग मुटु साट्नु भन्दा
तिमीसंग छुट्टिएर जिबन काट्नु भन्दा
बरु आफ्नै प्राण संग नाता तोडी दिउँला ।।
तिमीलाई भुल्नु परे संसार छोडी दिउँला ।।
.
मेरो भन्दा मिठो माया अन्तै पाउँछौ भने
यो मायाको सागर छोडी खोली धाउँछौ भने
भन तिम्रो बाटोबाट पाईला मोडी दिउँला ।।
हाँसीहाँसी मृत्यूसँग साईनो जोडी दिउँला ।।
.
तिमीलाई भुल्नु परे संसार छोडी दिउँला ।।
हाँसीहाँसी मृत्यूसँग साईनो जोडी दिउँला ।।
सन्दीप ढकाल