जलबायु परिवर्तन सम्बन्धी सचेतना र्याली I

चितवन जेष्ठ १६ ,

शिशिर सिंखडा : सामुदायीक बन उपभोक्ता महासंघ चितवन शाखा , हरियो बन कार्यक्रम र उदयपुर सामुदायिक बन उपभोक्ता समुह जुटपानीको आयोजनामा जलबायु परिवर्तन सम्बन्धी सचेतना र ्याली आज पुर्बि चितवनको जुटपानीमा सम्पन्न भएको छ । 

पृथ्बी उच्चमाबी जुटपानीबाट शुरु भएको सो र ्यालीमा विद्यालयका विद्यार्थी एवं समुहका उपभोक्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जलबायु परिवर्तनले मावन जिवनमा पार्न सक्ने असरबाट बच्न सबैमा आग्रह गरिएको थियो । सो र्यालीले जुटपानीका बिभिन्न क्षेत्र परिक्रममा गर ेको थियो । 

कार्यक्रम हरियो बन कार्यक्रमकी सहजकर्ता जमुना सापकोटाको संयोजकत्वमा सम्पन्न भएको थियो । यसैगरी, चितवन सकृय समुहको आयोजनामा आज जुटपानी ४ सगुनटो लमा सडक नाटक प्रर्दशन गरिएको छ । एच आई भी एड्सबाट बच्न , छोरा छोरीलाई समान ब्यवहार , महिला महिला बीचको बिभेद र बोक्सी प्रथा बिरुद्ध सचेतना जगाउने उद्धेश्यले सो सडक नाटक देखाइएको महिला अधिकार मञ्च जुटपानीकी अध्यक्ष अम्बिका थापाले जानकारी दिनु भयो ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com