जुटपानीमा घर दैलो कार्यक्रम शुरु I

चितवन जेष्ठ १६ 

शिशिर सिंखडा : आगामी संबिधान सभा निर्बाचनलाई मध्यनजर गर्दै नेकपा एमालेले अगाडी सारेको घर घर एमाले गाउ गाउमा एमाले अभियान अन्र्तगत आज बाट पुर्बि चितवनको जुटपानीमा घर दै लो कार्यक्रम शुरु भएको छ । 

नेकपा एमाले जुटपानीको ९ वटै वडाका तिन सय पचास भन्दा बढी कार्यकर्ताहरुको सहभागिता रहेको सो घर दै लो कार्यक्रमको नेकपा एमालेका राष्ट्रीय प्रतिनिधि परि षद सदस्य कृष्ण प्रसाद खनालले अभियानका ईन्चार्ज बिनोद र ेग्मीलाई पार्टिको झण्डा र प्रचार सामग्री हस्तान्तरण गरेर उद्घाटन गर्नु भएको थियो । 

सो कार्यक्रम अन्र्तगत आज जुटपानी गाबिसको १, ३ र ४ वडा मा घर दैलो कार्यक्रम सम्पन्न भएको र सबै वडामा घर दैलो कार्यक्रम संचालन गरिने नेकपा एमाले जुटपानीका अध्यक्ष केशब लामाले जानकारी दिनु भयो । 


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com