Doha News, यातायात मजदुर मंच युएई का अध्यक्ष ज्ञावाली लाई दोहामा भब्य स्वागत I

 दोहा जेष्ठ १५ ,

केशबराज ज्ञवाली : प्रगतीशील यातायात मजदूर मंच कतारका अध्यक्ष टिकाराम भण्डारी को निमन्त्रणा स्वीकार गर्दै कतारको राजधानी दोहा पुग्नु भएका प्रगतिशील यातायात मजदूर मंच यू.ए.ई का अध्यक्ष सुर्यमणि ज्ञवालीलाई कतारको दोहामा भब्य रुपमा स्वागत गरिएको छ। 

अध्यक्ष ज्ञवाली ले यातायात पेशा आफै मा जोखिमपुर्ण भएकोले सबै साथीहरुलाई साबधानी अपनाउदै आफ्नो पेशा गर्न अनुरोध आग्रह गर्नु भयो। हामीले बिदेशमा मात्र नभएर स्वदेशमा गएर पनि स्व-रोजगारीको अवसर सिर्जना गर्नु पर्ने कुरागर्नु भयो। 

बैदेशिक रोजगारीको सिलसिलामा यातायात मजदूर साथीहरुले नेपालको सवारी चालक अनुमतिपत्र नबिकरण गर्नलाई पर्ने अफ्ठारो नबिकरण हुनुपर्ने या हामी नेपाल गएको समयमा बीना जरिवाना नबिकरण गर्न पाउनुपर्ने ब्यबस्थाको हकमा सम्बन्धित दुताबासले सिफारिस गरि जरिवाना मिनाह हुनु पर्ने विदेशमा सिकेको पेशाको आधारमा सरलीकरण तरिकाले अनुमति पत्रको माग राख्दै युएईमा नेपाली दुताबासमा ज्ञापन पत्र बुझाई सकेको बताउनु भयो। 

उहाले व्यक्ति मुलूकबाहिर रहेको प्रमाण पेस गरेमा जरिवाना नलाग्ने व्यवस्था कसरी मिलाउन सकिन्छ भन्ने बिषयका साथ छलफलको क्रम अगाडी बढाउनु भयो। ि नेपालमा रहेका यातायात सम्बन्धि संग संगठनहरु संगको सम्बन्धलाई अझै प्रभावकारी बनाउदै लैजानुपर्ने,खाडी मुलूक साथै बिश्वमा छरिएर रहनु भएका यातायात मजदूर साथीहरु कसरी एकजुट हुनसकिन्छ। 

यू.ए.ई. र कतार का साथीहरु मिलेर नेपालमा गुणस्तरीय यातायात सेवा साचालन गर्न सकेमा हाम्रो पेशाले उचस्थान पाउने छ भन्ने उहाको बिचारमा सबै साथीहरुको एकमत देखियो । कतारका अध्यक्ष भण्डारी ले नेपालबाट खाडीमा श्रमको लागि आउने साथीहरुलाई सम्बन्धित कामको तालिम नेपालमै ब्यबस्था गर्नसकेमा साथीहरुलाई कामगर्न सजिलो हुने कुरा राख्नु भयो यो अतिनै सराहनीय कुरा हो। 

नेपाली जनप्रगतिशील मंच कतारका अध्यक्ष क.रमेश भट्ट ले हामी सबै क्षेत्रका मजदूर साथीहरु एकजुट भएर अगाडी बढ्नुपर्ने विचार राख्नु भयो उहाले भन्नु भयो हामी प्रगतिशील विचार राख्न्ने विश्वका नेपालीहरु एकजुट भई अगाडी बढ्नु पर्ने धारणा राख्ननु भएको थियो। यसबाट यो प्रस्ट हुन्छ हाम्रा समस्या हाम्रो अघि पछि दौडिरहेको छ हामी जुटेर अगाडी बढेमा सफल भईन्छ र हामीले आपसमा समस्या समाधान गर्न पनि सकिन्छ। 

नेपाली राजदुताब मा मजदुरहरुका समस्याहरु समाधानमा हामीले सक्दो प्रयास गर्नु पर्छ भन्दै यसै गरि युएई र कतार सगै अन्य देशमा रहेका मजदुरहरु बीच छलफलको कार्यक्रम पुनः समय मिलाउदै अगाडी बढाउदै जाने निर्णय गरिएको छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com