काठमाण्डौ जेठ १५,
नारीदर्पण : रुकुमको सिली खोलामा सिमली अरमा गाबिस जोड्ने झोलुङ्गे पूल निर्माण भए पछि आसपासका पांच प्रतक्ष लाभान्नित भएका छन् । सो खोलामा पूल नहुँदा स्थानीयबासी तुइन द्वारा नदि तर्न बाध्य थिए । जिल्ला प्राबिधिक कार्यालयको १९ लाखको लागत मा बनेको सो पूल निर्माण कार्य पुरा भएको कुरा जिल्ला प्राबिधिक कार्यालयका प्रमुक रमेश श्रेष्ठले बताए ।
बर्सातको मौसममा स्थानिय बासीहरु एक गाबिस बाट अर्को गाबिस जान निकै कष्ट पूर्ण आवत जावतको कठिनाइ भोग्दै आएका थिए । अब भने दैनिक वारपार गर्न र घास दाउरा गर्न अथवा बालबालिकालाई बिद्यालय जान सरल भएको स्थानिय बासीहरुले बताए ।