गोरखा सेवा समाज यु.ए.ई द्दारा आर्थिक सहयोग...

दुबई   बैशाख ३०, 

बिनोद श्रेष्ठ "क्रान्ति" : गोरखा सेवा समाज यु.ए.ई ले दुबै मिर्गौला पिडित कास्की जिल्लाको सर्दिखोला गा.बि.स वडा नं ३ खादरजुङ निबासी शिरशोभा गुरुङ्को उपचारको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ। 

संसारको हरेक कुनाहरुमा आफ्नो छुट्टै पहिचान राख्न सफल गोर्खालीहरू बैदेशिक रोजगारको निम्ति यु.ए.ई मा छरिएर रहनु भएका सम्पर्ण गोर्खालि दाजुभाइ,दिदी बहिनीहरू लाइ समेट्दै प्रवासमा जिल्ला एवं देशका कुनै पनि ठाउँमा परेका पिर मर्का एवं जिल्लाको ऐतिहासिक पहिचानको निम्ति केही गर्न सकिन्छ ? कि भन्ने उदेश्यले स्थापना भएको यो विशुद्द सामाजिक संस्था गोरखा सेवा समाज यू.ए.ई ले गत हप्ता नेपालमा एक कार्यक्रमको आयोजना गरी संस्थाका केन्द्रिय सल्लाहकार श्री गोबिन्द ढकालबाट रू ५७,३००।-(अक्षरूपी सन्ताउन्न हजार तिन सय मात्र) बिरामीको आमा इन्द्र कुमारी गुरूङ्लाई हस्तान्तरण गह्यो। 

गोरखा सेवा समाज यू.ए.ई को बिशेष सहयोग तथा रोजगारीको शिलशिलामा संयुक्त अरब इमिरटेस (यु.ए.ई) मा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीको अथक परिश्रमबाट सहयोग संकलन आर्थिक समाति गठन गरी आर्थिक सहयोग उठाएको थियो।  स्मरण रहोस् दुवै मिर्गौला गुमाई हाल मणिपाल अस्पताल पोखरा मा उपचार गरिरहेकी आफ्नी छोरी शिरशोभा गुरुङ को उपचार को लागि रु २० लाख लाग्ने र आफ्नो आर्थिक अवस्था कम्जोर भएकाले देश विदेश मा रहनु हुने सम्पूर्ण नेपाली आमा,बुवा,दाजु भाइ तथा दिदि बैनी हरु बाट सहयोग गरी आफ्नी छोरीको जिबन बचाई दिनु हुन आमा इन्द्र कुमारी गुरूङ्ले बिभिन्न मिडिया मजदुर अनलाइन / खाडी न्युज मार्फत अनुरोध गरेकी थिइन् । 

तस्बिर.... संस्थाका केन्द्रिय सल्लाहकार गोबिन्द ढकालबाट रकम हस्तान्तरण हुदै पिडितकी आमा इन्द्र कुमारी गुरूङ्

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com