विजय थापा : वाशिंगटन डिसी ,मे ११ तारिख उत्तर अमेरिकाको जेष्ठ संस्था अमेरिका नेपाल सोसाइटी (समाज )को आयोजनामा डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड स्थित नेपालीहरुको साझा चमेना गृह घर-ए-कवाफमा नेपालका अर्थ बिशेषज्ञ सुजीव शाक्यसंग नेपालको आर्थिक अवस्था सम्बन्धि केहि जानकारी लिने उदेश्य अनुसार एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रम संचालन संस्थाका महा सचिब श्याम लिम्बु तथा सचिब मुकुन्द दाहालले सयुक्त रुपमा गरेका थिए भने स्वागत मन्तब्य संस्थाकी द्वितीय उपाधक्ष्य सीता पाण्डेले गरेकी थिईन । महा सचिब श्याम लिम्बुले सुजीव शाक्यको संक्षिप्त परिचय दिएका थिए । न्युनतम वक्ताहरु राखिएको कार्यक्रममा अर्थ बिशेषज्ञ सुजीव शाक्यले नेपालको अर्थ क्षेत्रमा धेरै बर्ष काम गरेको र अर्थ सम्बन्धि धेरै जानकारी दिनु भएको थियो । आफु काठमाडौँ पोस्टको स्तम्भकार भएकोले अर्थ सम्बन्धमा भर्खर लेख लेखेको चर्चा गर्दै बिशेष कुरा दिएको उल्लेख गर्दै बिशेष तीन कुराको बारेमा मन्तब्य राख्नु भएको थियो ।
नेपाल परिवर्तनशील भै रहको छ भन्नु हुदै मुलुक विप्रेषणबाट मात्र चलेको छ र मुलुक धानेको नै विप्रेषणले भन्ने कुरामा ४०० -५०० बर्ष अगाडी देखि नै यसरि नै नेपाल चलि रहेको कुराको उल्लेख गर्नु भएको थियो l मुलुकमा राजनैतिक अस्थिरता र देश खतम छ भन्ने मात्र हामीहरुको बानि भएकोले त्यसलाई मात्र महत्व दिनु राम्रो हैन । नेतालाई गाली गर्ने हाम्रो बानि छ भन्दै राजनैतिक व्यक्ति कुनै बाहिरी ग्रहबाट आएका हैनन् भनि मन्तब्य राख्नु भएको थियो ।
नेपालको आर्थिक अवस्थामा कुरा गर्दा र प्रसंगको शिलशिलामा मोरंगको पुर्व पथरी भन्ने ठाउँको उदाहरण दिदै दुई हजारमा एक कट्ठा पाइने जग्गा हाल ४० लाख पुगेको कुरा औलाउदै नेपालले ठुलो फड्का हानेको उल्लेख गर्नु भएको थियो । देशको आर्थिक विकास र अर्थ तन्त्रको वृद्धिको लागि अन्तरिक पर्यटनको विकास जरुरि भएकोले त्यसलाई विकास गर्न सके मुलुकको अनुहार बदलिने कुरामा बिस्वस्त रहेको जानकारी दिनु भएको थियो lकार्यक्रममा प्रश्न उत्तर पनि राखिएको थियो । प्रश्न राख्नेहरुमा प्रकाश नेपाल ,सीता पाण्डे ,विजय थापा ,कमल भट्टराई तथा केदार तिमिल्सिना आदि थिए भने सवालको जवाफ मै अर्थ सम्बन्धि धेरै कुरा समेटिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपालका महामहिम राजदूत डा शंकर प्रसाद शर्माले पनि अर्थ सम्बन्धमा नजिकबाट हेर्नु भएकोले सुजीव शाक्यले राखेका धारणासंग केहि कुराहरु राख्दै आयोजकलाई धन्यबाद दिनु भएको थियो । महामहिम राजदूत शंकर प्रसाद शर्माले अर्थ तन्त्रमा तथ्यांक दिदै गरिवी घटेको ,शिक्षामा उन्नति भएको भन्दै दक्षिण कोरियाको सन् १९५३ मा बार्षिक आर्थिक आय दर न्युनतम रहेको उल्लेख गर्दै हाल $ २३,०००.०० अमेरिकन डलर पुगेको र झन्डै ६७ प्रतिसतले वृद्धि भएको उदाहरण प्रस्तुत गर्नु भएको थियो ।
यो आर्थिक वृद्धि दर प्रदेशमा बसेर आर्थिक सहयोग गरेको कारण भएकोले नेपाललाई पनि बाहिर बस्ने प्रवासी नेपालीहरुले निक्कै राम्रो अवस्थामा पुर्याउन सक्ने छन् मन्तब्य राख्नु भएको थियो । अर्थ बिशेषज्ञ सुजीव शाक्यलाई महामहिम राजदूत तथा अधक्ष्य डा ठाकुर पुडासैनीले खादा ओढाएर स्वागत गर्नु भएको थियो lकार्यक्रमको सभापतित्व गर्नु हुने संस्थाका अधक्ष्य डा ठाकुर पुडासैनीले सबैलाई धन्यबाद दिदै १९६८ मा नेपालको जल बिद्युतबाट ५०० किलोवाट थियो भने २०१३ सम्म पुगे पनि करिब ६०० मेघा वाट मात्र पुगेकोले सरकार र राजनैतिकज्ञहरु गोष्ठीहरुमा मात्र सिमित रहेको उल्लेख गर्नु भएको छ । कुल ग्राह्यस्थमा धेरै छेदहरु छन् भन्दै उपस्थित सबैलाई धन्यबाद दिनु हुदै कार्यक्रम बिसर्जन गर्नु भएको थियो ।