मेरो प्रिय तिमी
आज म हर्षले गद-गद छु
तिम्रो सुन्दर प्रेम पत्र पाएर प्रिय !
पत्रको प्रति उत्तरमा केहि लेख्दैछु प्रिय तिमीलाई :
तिम्रो प्रेम पत्र खोल्नु अघि पटकौं चुमेकी थिएँ
यस्तो आभाष भैरहेथ्यो म तिमीलाई चुमिरहेछु
म तिमीलाई हर अङ्ग-अङ्गमा स्पर्श गरिरहेछु
अनि निर्दोष यी नयनले झुकेर हेर्दै मुस्काई रहेछु
त्यहाँ, तिमी मलाइ निरुत्तर हेरिरहेछौं वस हेरिरहेछौं
म बढिरहेको मेरो मुटुको धड्कनलाई सम्हाल्दै
तिम्रो सुन्दर पत्र पल्टाउदै असीम आनन्दित भै
हर शब्द-शब्द केलाइ हृदये बाट पढ्न थाल्छु, प्रिय
म तिम्रो परिचयमा अक्षर बनि लाहासरी टासीदिछु
तिम्रो स्वच्छ सदाचारमा फूलका थुङ्गा बनि गाँसीदिन्छु
अनि तिम्रो वास्तविकतामा अटल दियो बनि बलिदिन्छु
हो, म त्यो निस्तेज दियो झैं बलेको महशुस गर्छु
तिम्रो हर वाक्य सँग आलिङ्गन गर्दै त्यहीं हराउछु
म काहाँछु भन्दा नि सास फेर्दैछु कि छुइन
त्यो नै बिर्सिएछु, अनि बिर्सेछु चेतमा छु छुइन भनि
किनकी म तिम्रो पत्रमा डुबुल्की मारिरहेकी रहेछु
पत्रको हर शब्द शब्दमा हराई रहेकी रहेछु, प्रिय
मलाइ लाग्दैथ्यो म पत्रलाई होइन बल्कि
तिमीलाई छामीरहेछु, हो तिमीलाई
त्यस क्षण मलाइ यस्तो लाग्दैथ्यो
सुन्दर शान्त एकान्तमा म तिमीलाई
यी कापिरहेका ओठहरुले चुम्दैछु, हो
म तिम्रो छातीमा मनमर्जी गरि खेल्दै
झुल्दै अनि, तिम्रो हर अंगमा लुटपुटिदै
म तरल भएको महशुस गर्दैथे प्रिय !
प्रेमको यस सुमधुर धुनमा पत्रद्वारा
म तिमीलाई प्रत्यक्ष समर्पण गर्दैथें
_प्रिय तिम्रो पत्रको जवाफ दिदै जाँदा _
पक्कै पनि बाटो फरक होलान हाम्रो, तर
लक्ष्य प्राप्त गर्ने चाह प्रायको एकै हुन्
चाहे बगरको बाटो होस् चाहे शोतरको
सप्त रँगी सपना हामी सजायेरै हिडेका हुन्छौं
नाम, दाम र शान यी तीन कुराको पछि
मान्छेहरु ज्यान दिएर दौड धुप गरिरहेछन
तर मलाई यी सब चाहिएर दौडेको लाग्दैन
लाग्छ भने केवल कर्तव्यको लागि हो
कर्तव्यको डोरी कसेपछि केहि सामाजिक र
एक-असल नागरिक हुनुको बोधलाइ
व्यबहारमा उतार्नु छ मैले
यस शुखद गोरेटोको यात्रामा शोभाग्य वस
मैले तिमीलाई पाएको अनुभूत गरेकोछु
वास्तवमा अप्ठेरा बाटाहरुले नै
मानिसलाई-मानिस हुन सिकाउँछ, र
हिड्दा कहिले काहीं यी पाइलाहरु
ठोक्किनु पर्छ अनि न थाहा हुन्छ
यथार्थको धरातल अनि त्यसको महत्व
आबस्यक्ताका पिलरहरु भोकाभई
उभिएको देख्छु तर मलाई सबै
जरुरि लाग्दैनन आधारभूतलाइ
मैले चिनेकोछु तसर्थ म त्यहीं मात्र
गारो लगाउंदैछु जहाँ कर्तव्य मिसिएको छ
प्रिय ! धनको घान जति नै ठुलो भए नि
त्यो सानै देख्ने मान्छेको लालची आँखा हुँदो रैछ
र, सोच पापले भरिएको, भोको भूत जस्तो
तर यी सवै कुराहरु एउटा स्वार्थले भरिएको
धब्बा मात्र हो, शान्ति र आनन्द ती
कुनै पनि बहुमूल्य वस्तु भन्दा अमुल्य हुँदो रैछ
हो, मलाई त्यहि शान्ति र आनन्द चाहिएको छ
त्यो गग्रेटो गरेटोमा हिड्न मलाइ
तिम्रो साथ् र हात चाहिन्छ
जुन मेरै प्रतिक्षामा छन, र म
त्यो हात र साथ पाउन आतुर छु
हो, एउटै दुखको कुरा के छ भने यहाँ
जसले धनको राश लाउछ त्यसैलाई
सबैले हम्काउछन त्यो स्वार्थको हम्काइ पाएर
मख्ख पर्नेलाई म मुर्खको संज्ञा दिन्छु
कुनै पनि धनले मनको शान्ति दिदैन
भौतिक शुख क्षणिक हुन्छ
जसले स्थाई शान्ति र आनन्द दिदैंन
हो, प्रिय हामी एक्लै आएका थियौं
र, जाँदा नि निर्वस्त्र र एक्लै नै जान्छौं
यो कटु सत्यलाई कसैले पनि नकार्न सक्दैन
र जीवन आफैले एक्लै नै भोग्नु पर्दो रैछ
यस भोगाइका क्रममा धेरै खालका
रँग-बेरंगहरु सँग मिश्रित हुन पुगिँदो रैछ
सायद यहीं नै भोगाइका अनुभवहरु हुन्
त्यहाँ हामीले धेरै कुराहरु अनुभूत गर्न पाउछौं
सायद त्यो नै सिकाइका सिक्काहरु हुन
अनि न हामी राम्रा नराम्राको वर्णन गर्न गर्छौं !
गुनासा मलाइ कुनै कुराको पनि छैन तर
यी गुनासाहरु नै नहुँदो हो त जिग्याँसा हुन्न
जिग्याँसा नहुने हो भने एक-देखि अर्को भिन्नता
सँग कहाँ परिचित होइन्थियो र ! तसर्थ यी सब
आइरहन्छन र आउनु पर्छ यस्ता कुराहरु
तिम्रा देश प्रतिको समर्पण __
प्रिय म सँग त्यो शब्द छैन
जसको प्रयोग गरि तिमीलाई सम्बोधन गरौँ
तिम्रो जस्तो उच्च सकारात्मक सोच,
भाव र समर्पण हरेक व्यक्ति म नेपाली हुँ
भन्नेमा भए देशको परिवर्तनले अहिले
अर्कै मोड पार गरिसक्ने थियो
स्वार्थ सबैको हुन्छ हुनु पर्छ तर
त्यस स्वार्थमा आफ्नो मातृभूमीलाई
असर पुग्नु हुँदैन बल्कि फाइदा पुग्नु पर्छ
अहिले देशलाई माया देखाउने मात्र छन्
साच्चै माया गर्ने कोहि छैनन् , वस
चुक चुक अनि जाहाइ... भन्ने मात्र छन
तसर्थ मेरो अनुरोध छ तिमीलाई
तिमी आफ्नो सकारात्मक विचारलाई
यो खस्रो चर्किएको समाजमा लेप लगाउ
यहाँ निती नियमहरु धेरै छन् तर ती सब
गरिबका लागि छन् धनीका लागि होइन
समाजमा जब सम्म यस्ता खाले व्यबहारमा
असमानतापूर्ण रहन्छ दृष्टिहरू भ्रमित नै
भैरहनछन अनि सोचहरु संकीर्ण
परिवर्तनका पर्दा पहिले आफै उठाउनु पर्छ
अनि अर्कोलाई उघार्नु लाउँदा आफु
उदाहरण बन्न सकिन्छ !
हो, हामीले आफुले आफैलाई चिन्न नसक्दा
हामी यति पीडित बनेकाहौँ अनि दुखि
दुखद संगै शुखद्पल पनि आएको हुन्छ तर
त्यसलाई नचिन्नु नै हामी दुखि हुनुको कारण हो
प्रिय ! तिमीले जुन संकल्प लिएकाछौं
समाज र देश परिवर्तनको यो प्रण
कुनै सामान्य व्यक्तिले गर्न सक्दैन
जसले देशमा चौतर्फी हराभरा भै
विकाशको वियु छर्छ, तिम्रो त्यस
प्रणलाइ म नतमस्तकभै
हृदये देखि प्रणाम गर्दछु !
यस्तो सकारात्मक सोच
हरेक परिवर्तनकारिमा हुनु पर्छ
तसर्थ अबस्य एक-दिन तिम्रो
संकल्प सफल हुनेछ प्रिय , र
म तिमीलाई वचन दिन्छु
तिम्रो संकल्पमा मेरो समर्पण छ !
अहिलेलाई यति लेख्दै ओझेल परे ....
तिम्रो प्रिय म !
काठमाण्डौ