गरीबको त्यो भत्किएको बस्ती टाल्नलाई
फर्किदैछु नेपाल तिन्को चुलो बाल्नलाई
बर्सौ बाट भोकले छट्पटाउदै होलान
अन्नको एक्दाना उन्को मुख्मा हाल्नलाई
हातेमालो गरौ साथी सबै जना मिली
ति गरिबिको जरो फेदै देखी फाल्नलाई
कैयौ अनाथ बच्चा आस्रममा पुगेकाछन
आतुरछु म तिन्लाई घरमा पाल्नलाई
देखा सिकी गरुन भनी अरुले नि मेरो
कोसिस गर्छु सब्को ढुङे आत्मा गाल्नलाई
कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल