कविता, एक मिनट सम्झें थें: By, गोपाल प्रधान



फूलमा पराग बनी बस्न पाए,
सोन्दर्यको थुँगामा सुवासनाले भरी दिन्थें!
उषाको प्रहरमा जन्मन पाए,
जीवनको अधेंरोमा दीपशीखा बाली दिन्थे!

मायाको बन्धनमा झुल्न पाए,
मौनताको रह्स्यहरू सबैं खुलाई दिन्थे!
प्यारको सागरमा तर्न जाने,
भविष्यका पलहरू सबैं पार गरिदिन्थें!

यसरी तरङ्हरूसंग खेल्न पाए,
दु:ख सुखको क्षण किनारा लगाईदिन्थे!
कविको कलममा बस्न पाए,
यो जिन्दगीको एउटा किताब लेखिदिन्थे!

विश्वाशको कसम खान नपरें,
ईश्वरलाई हाम्रो यो मिलन मागीदिन्थे!
सपनाको आधारमा माया लाए,
नींदको मीठो कल्पनाबाट जागिदिन्थे!

 गोपाल प्रधान

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com