' गीत ' : By, नरेन्द्र घर्ती



गरि रहे माया मैले, तिमी माथी असिमित
तर तिम्ले गर्यौ आज, मेरा ईच्छा बिपरित

जिन्दगीनै सुम्पिदिए, तन मन राखी सांक्षी
रित्तो हुँदासम्म आफू, क्यैपनी नराखी बाँकी
चोखो माया लाएको थेँ, मैले मात्र तिमीसित
उल्टै तिम्ले गर्यौ आज, मेरा ईच्छा बिपरित

जीवन यात्राका अनेक, अप्थ्येरोमा हात दिने
भुल्यौ बाचा कसमहरू, जुनीजुनी साथ दिने
तिम्लाई नै मानेको थेँ, मैले यो मनको मित
उल्ल्टै तिम्ले गर्यौ आज, मेरा ईच्छा बिपरित

गरि रहे माया मैले, तिमी माथी असिमित
तर तिम्ले गर्यौ आज, मेरा ईच्छा बिपरित

" नरेन्द्र घर्ती "
तारा / बाग्लुङग

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com