गजल "अचेल" By, बिजे बिद्रोही राइ



मान्छेहरु मान्छेबाटनै डराउँछनरे अचेल
बिना मृत्यु मान्छेसामु हराउँछनरे अचेल

समयले मान्छेलाई नै दानव बनाईदियो
मान्छे, मान्छे बिरुद्दमा कराउँछनरे अचेल

मान्छेनै रमिते भै दुई मान्छेको युद्द हेर्छ
एकापट्टि ढल्काएर मान्छे लडाउँछनरे अचेल

आफन्तको ढोंग रच्दै, छुरा हान्छन पछिबाट
मौका पाउन साथ आफ्नैले डढाउँछनरे अचेल

"बिद्रोही"लाई सराप्दै हिंड्छन रे मुलबाटोमा
आफ्नैले यस्को पुत्ला जलाउँछनरे अचेल।


बिजे बिद्रोही राइ
भोजपुर हाल इज़रायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com