ओक्लाहोमा जेठ ७,
अमेरिकाको ओक्लाहोंमा आएको भिषण आँधीमा परि कम्तिमा ५१ जनाको मृत्यु भएको छ। ओक्लाहोमा शहरमा आएको उक्त आँधी निकै तिब्र गतिको थियो।
यस्ता शक्तिशाली आँधी दुर्लभरुपमा आउने बताइएको छ।
विनाशकारी आँधी प्रतिगण्टा ३२० किलोमिटरको गतिमा ओक्लाहोमा शहरमा छिरेको थियो। आँधीले एउटा पुरै स्कुल बगाएको छ। मारिनेहरुमा धेरै स-साना स्कुले विद्यार्थी छन्। कम्तिमा २० जना बालबालिका मरेको जनाइएको छ। मृतको संख्या अझै बढ्न सक्ने अनुमान छ।
७० जना बालाबालिका सहित १२० जना घाइते भएका छन।
उनिहरुलाई अस्पतालको भर्ना गरिएको छ।केही निकै गम्भिर भएको बताइएको छ। १ प्रतिशत आँधी मात्रै यति शक्तिशाली हुने जानकारहरुले बताएका चन्।रोडमा रहेका कार र ट्रकहरु त सहजै पल्टदै गुडेका तिए।
मर्नेहरुमा नेपाली परे नपरेको भने थाहा भएको छैन् । केही समयपछी सम्पुर्ण जानकारी आउने बताइएको छ।एजेन्सी :