गज़ल, सन्दर्भ बुद्ध जयन्ति :By, कोमल भट्ट



संसारै भरि सुशान्ति छर्यौ तिमीलाई प्रणाम छ
अज्ञानता र अन्धकार हर्यौ तिमीलाई प्रणाम छ

"नबोल्नु झूटो,नचोर्नु कहिल्यै,नगर्नु काटमार"
भनेर महान उपदेश गर्यौ तिमीलाई प्रणाम छ

लत्याई दियौ बिषयी भोग र राजशी ठाँट बाँट
सन्यासी हुँदै साधुभेष धर्यौ तिमीलाई प्रणाम छ

"प्राणीमा दया देखाउनु सधैं"बारम्बार भन्दथ्यौ
देवलोकबाटै धर्तीमा झर्यौ तिमीलाई प्रणाम छ

सबैलाई सधैँ सिकायौ पाठ सद्भाव र सद्प्रेमको
हृदय भित्र सद्बिचार भर्यौ तिमीलाई प्रणाम छ

सम्मान गर्दै "बुद्ध"का बाणी सम्झियौ जसजसले
यो भवसागर अवश्य तर्यौ तिमीलाई प्रणाम छ

कोमल भट्ट
पुरानो नैकाप ,काठमाडौँ
हाल :- रोचेस्टर,न्युयोर्क
२५५७औं बुद्ध जयन्ति

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com