जातीयताकोे आधारमा देश संघीयतामा जान नसक्ने– सुरेन्द्र पाण्डे

 चितवन जेष्ठ १२,

नेकपा एमालेका पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डे ले जातीयताकोे आधारमा देश संघीयतामा जान नसक्ने बताउनु भएको छ । जातीय आधारमा संघीय राज्य बनाईएमा देशमा आन्तरिक द्धन्द्ध बढने र देश गृहयुद्धमा जाने समेत बताउनु भयो । नेकपा एमाले जुटपानी गाउ कमिटीले आज पूर्वी चितवनको जुटपानीमा आयोजना गरेको छैठौ ं बैठक एवम् प्रशिक्षण कार्यक्रममा वोल्दै उहाँले कांग्रेस र माओवादीले जस्तो ढाटछलको राजनीति नगर ेकोले अबको निर्वाचनमा नेकपा एमाले देशकै पहिलो शक्ति बन्ने दावी गर्नुभयो । 

पूर्व अर्थमन्त्री समेत रहनु भएका एमाले ने ता सुरेन्द्र पाण्डेले मध्यपहाडी लोकमार्गमा १ ० वटा पहाडी शहर स्थापना गरी देशलाई आर्थिक रु पमा संवृद्ध बनाउन सकिने बताउनु भयो । आफु अर्थ मन्त्री हुदा सुरु गरेको सो मार्गको काम अहिले भईर हेको जानकारी गराउदै उहाँले तराईमा जनसंख्याको चापलाई कमील्याउन र पहाडी क्षेत्रको विकासमा सो मार्ग कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नु भयो । 

पूर्व अर्थ मन्त्री पाण्डेले नवलपरासीको दाउन्ने देखि पूर्वी चितवनको समथर खण्ड सम्मलाई मिलाएर एउटा संवृद्ध सहरको रुपमा व्यापारिक केन्द्र बनाउन समे त आफुले योजना अगाडी बढाएको उहाँले बताउनु भयो । नेकपा एमाले जुटपानीका अध्यक्ष केशव लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी सदस्य विनोद रेग्मी,क्षेत्रीय कमिटी सदस्य धु्रव रायमाझी, गाउ कमिटी उपाध्यक्ष दीपक सिंह परियार लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रममा ९ वटै वडाका ईन्चार्जहरुले आ आफनो वडाको कार्यप्र गति विवरण प्रस्तुत गरेका थिए ।

एक दिने रेडक्रस सम्बन्धि प्रशिक्षण आज पुर्वी चितवनको खोलेसिमलमा शिशिर सिंखडा रत्ननगर ।चितवन÷ जेष्ठ ११ नेपाल रेडक्रस सोाईटी उपशाखा जुटपानीको आयो जनामा अगुवा महिला एव ,स्वास्थ स्वयम सेवीकाहरुलाइ एक दिने रेडक्रस सम्बन्धि प्रशिक्षण आज पुर्वी चितवनको खोले सिमलमा सम्पन्न भएको छ । 

३६ जना महिलाहरुको सहभागीता रहेको सो कार्यक्रम उपशाखा जुटपानिका सभापती गणेश शर्मा पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा रेडक्रस जिल्ला सदस्य बिदुर केसि, उपशाखा सचिब बालकृष्ण अधिकार ी, सदस्य धु्र्रब रायमाझि, निता ढकाल लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com