म पागल प्रेम भोग्ने भोगी भा'छु यती वेला।
कमण्डलू हराएको जोगी भा'छु यती वेला।
तिम्रो घर आगनीमा जन्ती आई नाच्न लाग्दा,
अनायासै मुटू दुखी रोगी भा'छु यती वेला।
तिम्ले घात गरे पनी मेरो मायाँ मर्ने छैन,
फर्की हेर तिम्रो मात्र ढोगी भा'छु यती वेला।
कपटको माया जाल्मा परे पछी *जिन्दगानी*,
विछोडको पिडामा वियोगी भा'छु यती वेला।
रोशन खड्का
सहरे दोलखा