आमामा समर्पित गज़ल : By, मानन्धर अभागी



मान्छेलाई यहाँ मान्छेको विश्वास छैन
आफ्नै आमा – बाबु हराउँदा तलास छैन

हिजो – आज रातभरि खोकेर मर्दै गर्दा
खै छोरालाई कत्ति पनि आभाष छैन

कस्तो जमाना आयो जिउँदै खाने भयो
मृत्यू पर्खिंदै होला पटक्कै निराश छैन

त्यो सुन्दर बगैंचामा बृद्ध – बृद्धालाई
मात्र वृक्षहरू छ , तर बतास छैन

घरमा भन्दा कतै आश्रम नै वेश होला
बाँच्नुको अर्थ जिन्दगीमा परिहास छैन ।

  मानन्धर अभागी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com