आफ्नो कथा आँफैलाई सुनाउने गरेकी छु
भोक लाग्दा आँशु पिई अघाउने गरेकी छु ||
किन गरौँ हल्ला पनि उपहास गर्छन् सबै
दु:ख सुख कर्म ठानी रमाउने गरेकी छु ||
दुख्दा पनि एक्लै छु है फुक्दा पनि एक्लै म त
मन रुँदा दिमागले फकाउने गरेकी छु ||
बेसाहारा जस्तो लाग्छ सब्को साथ हुँदा पनि
मनको डर हिम्मतले धपाउने गरेकी छु ||
यस्तै छ है संगिनी हो प्रबाशको काम मेरो
आँशु लुकाई यी आमालाई नचाउने गरेकी छु ||
साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड