गजल : By, कल्पना पौडेल "जिज्ञासु"



गलत खबर सुन्न होकी आँखा फर्फरायो
छोरा बिमार पर्‍यो कित छाती चर्चरायो

धेरै दिन भो सपना पनि नराम्रो देखेको
पापी मन्ले के के शोच्दै शरीर थर्थरायो

कैयौ मैना भै सक्यो चिट्ठी पत्र नपाएको
हुलाकी आउछ कि आज आगो भर्भरायो

होस छैन ठेगानामा खैके गडबड भयो
मरिच ठानी टिम्मुर खादा जिब्रो पर्परायो

पोलेको यो आत्म माथि झनै पिरो थपिडा
रोग र शोकले अतासिदा आसु बर्बरायो

कल्पना पौडेल "जिज्ञासु"
 गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com