चितवन निकुञ्जमा नयाँ भेटियो चरा

 चितवन वैशाख २२,

चितवन राष्ट्रीय निकुञ्जमा आज नयाँ चरा फेला परेको छ । २७ बर्ष पछि निकुञ्जको दुधौरा खोलामा सानो सावरी नामको नयाँ चरा फेला परेको वर्ड एजुकेशन सोसाईटी चितवनका निर्वतमान अध्यक्ष वासु विडारीले जानकारी दिए ।

संकटापन्न अवस्थामा रहेको यो चरा २६ बर्ष अधि निकुञ्जमा तीन वटा रेकर्ड भएको र त्यसपछि नदेखिएको उनले बताए । उनले अहिले एउटा मात्र भेटिएको जानकारी दिए । सानो सावरी पानीमा बस्ने चरा हो । नदि प्रदुषणका कारण यो चरा लोप भएको पंछी संरक्षणकर्मीहरुले बताएका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com