द्धन्द्धका समयमा लड्न गएकाहरू अब आर्थीक क्रान्तीमा लाग्ने

 दाङ बैशाख २२ ,

एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य जनार्दन शर्मा 'प्रभाकर'ले राजनितिक परिवर्तनसँगै अब व्यवसायीक उत्पादनबाट देशको संबृद्धिमा लाग्नुपर्ने समय आएको बताएका छन् । क्रान्तिकारी पत्रकार संघ दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता प्रभाकरले एमाओवादीले हेटौडा महाधिवेशनबाटै आफ्ना कार्यकर्ताहरूलाई व्यवसायमा जोड्ने निति अगाडि सारेको स्मरण गराएका थिए । 

उनले द्धन्द्धका समयमा लड्न गएकाहरू अब राजनीतिक परिवर्तन सँगै आर्थीक क्रान्तीमा लाग्ने बताए । नेता प्रभाकरले देशभित्र रहेको स्रोत साधनलाई प्रयोग गरी देशलाई आर्थिक रूपमा अगाडि बढाउन आवश्यक भएको बताएका छन् । उनले परम्परागत उत्पादनशिलतालाई अब वैज्ञानीक र व्यवसायीक बनाउन आवश्यक रहेकोमा समेत जोड दिए । 

 नेता प्रभाकरले वर्तमान सरकारले संविधानसभाको निर्वाचन मिति घोषणा गर्न नसक्नु बिडम्बना भएको टिप्पणि गर्दै नागरिकहरू संविधानसभाबाट संविधान बनोस भन्नेमा आशाबादी रहेको बताए । दलहरूका बिचमा सहमति बन्न नसकेकोले जनामा निराशा पलाएको बताउँदै देश विकास र नागरिकको अधिकार स्थापित गर्न आफुहरू प्रयत्नशिल रहेको बताए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com