गज़ल :By, सनम गोले



आकास खसेझैं भयो
दलदलमा फसेझैं भयो

खै के के भयो जिवनमा
खरानी धसेझैं भयो

चारैतिर निश्वासिन्छु
सुरूङ्मा पसेझैं भयो

वर्तमान भविष्य छैन
अन्धकारमा बसेझैं भयो

केहि नगरी मर्छु क्यारे
घाँटीमा पासो कसेझैं भयो

सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com